• २०८१ बैशाख १३ बिहीबार

नेपाली महिला फुटबल टिम हिरो गोल्डकपको फाइनलमा

kharibot

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतमा जारी हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेसँगै नेपाल र म्यानमारले उपाधिका लागि भिड्ने भएका हुन् ।

नेपालले बुधबार भएको खेलमा इरानलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको थियो । 

यसअघि समूह चरणको दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गरेको नेपाल पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको थियो । म्यानमारले अन्तिम खेलमा भारतलाई पराजित गरेपछि नेपाल समूह उपविजेताको रुपमा फाइनल पुगेको हो ।

समूह चरणमा म्यानमारले ३ खेलमा ३ जित दर्ता गर्दै समूह विजेताको रुपमा फाइनलमा स्थान बनायो । नेपालले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडेर उपविजेता बन्यो । भारत ३ खेलमा १ जित र २ हार सहित ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिंदा अंकविहिन इरान अंक तालिकाको पुछारमा रहयो ।

नेपाल र म्यानमारले अब शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै