• २०८१ बैशाख १३ बिहीबार

जनयुद्ध दिवस मनाउने बारे मलाई थाहा छैन – माधव नेपाल  

kharibot

जनकपुरधाम  । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मनाउने बारे कुनै जानकारी नभएको बताएका छन् । 

नेकपाले आफ्नो मुख्यालयमा र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा नेता नेपालले पार्टीमा औपचारिक रुपमा जनयुद्ध दिवश मनाउने निर्णय नभएको जानकारी दिए। 

जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले पार्टीमा व्यक्ति सर्वेसर्वा नभएको दाबी गरे । जनयुद्धको मात्र नभई सबै आन्दोलनका सहीदहरूको सम्मान गर्ने कुरामा फरक मत नभएको तर कार्यक्रम गर्ने निर्णय विधि अनुसार हुनुपर्नेमा उनको जोड थियो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा शिर्ष नेताहरु मध्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र उपस्थित थिए भने नेता नेपाल, नेता झलनाथ खनाल र अर्का नेता बामदेव गौतमलगायतका नेताहरु उपस्थित थिएनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै