• २०८१ बैशाख ८ शनिबार

एजाक्समाथि रियल म्याड्रिड विजयी 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले नेदरल्याण्डसको क्लब एजाक्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

प्रि-क्वाटरफाइनलको पहिलो लिगमा रियलले एजाक्सको घरेलु मैदानमा विवादस्पद रुपमा एजाक्सले गरेको गोल नपाएपछि रियल विजयी भएको हो ।

खेलको पहिलो हाफमा एजाक्सका निकोलस टागलियाफिकोले गरेको गोल भिडियो रेफ्रीले अश्विकार गरेका थिए । रियलका लागि खेलको ६०औ मिनेटमा करिम बेन्जामा र ८७औ मिनेटमा मार्कोस एसेन्सियोले एक एक गोल गरेका थिए भने एजाक का लागि हाकिम जिएचले एक गोल फर्काएका थिए ।

यस खेलमा खेलेसँगै रियलका कप्तान सर्जियो रामोसले रियलका लागि सबै प्रतियोगितामा आफ्नो ६ सयौ खेल खेलेका छन् ।

त्यस्तै रियलका युवा ब्राजिलियन खेलाडी भिनिसियस जुनियरले पहिलो गोल असिस्ट गर्दै यस सिजनमा रियलका लागि कुल ८ गोल असिस्ट गरेका छन् ।

अब दुवै टिमबीच प्रि-क्वाटरफाइनलको दोस्रो लिग मार्च ५ मा रियलको घरेलु मैदानमा हुने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै