• २०८१ बैशाख ७ शुक्रबार

डोर्टमण्डमाथि टोटनह्यामको सहज जित 

kharibot

काठमाडौँ । प्रिमियर लिग क्लब टोटनह्यामले च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनल अन्तर्गत पहिलो लिगमा जर्मन क्लब बोरुसिया डोर्टमण्डलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलम दोस्रो हाफमा घरेलु टिम टोटनह्यामले ३ गोल गरेको थियो । खेलको ४७औ मिनेटमा दक्षिण कोरियाली खेलाडी हंग मिन सनले गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । त्यसपछि ८३औं मिनेटमा सर्ज औरियरको क्रसमा भर्टोन्घनले गोल गर्दै टोटनह्यामलाई २-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८६औ मिनेटमा क्रिस्टियन एरिक्सनको कर्नरमा सब्सिच्युट खेलाडी फर्नान्डो लोरेन्टेले गोल गर्दै टोटेनहमको जित पक्का गरेका थिए । 

अब यी दुई टिमबीच प्रि-क्वाटरफाइनलको दोस्रो लिग खेल डोर्टमण्डको घरेलु मैदानमा मार्च ५ मा हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै