• २०८१ बैशाख १३ बिहीबार

‘गुलरिया बजारक्षेत्रमा हुलाकी सडक हाललाई २४ मिटरको रहन्छ’

kharibot

बर्दिया, गुलरिया । देश कै गौरवको योजनाको प्रतिष्ठित हुलाकी राजमार्ग गुलरिया बजार क्षेत्र भित्र २४ मीटरको बन्ने भएको छ । हुलाकी राजमार्ग निर्देशनालयले बनाउदै गरेको सडक गुलरिया क्षेत्र भित्र पर्ने बाटोको मापदण्ड २४ मिटरको रहने गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बताए ।

लामो समयदेखि निर्माण सुरू गरिएको भएपनि हुलाकी राजमार्ग हालका लागि कति मीटर बन्ने भन्ने बिषयमा अन्यौल हुदा स्थानीयहरु दोधारमा रहेका थिए ।

स्थानीय स्तरमा पनि गुलरिया बजार क्षेत्र भित्र पर्ने हुलाकी सडकको मापदण्ड कति हुने भन्ने अब निर्णय भईसकेको मेयर यादवले भने । हाल स्थानीयले नयाँ संरचना बनाउदा हुलाकी राजमार्गको मापदण्ड अनुसार २१÷२१ मिटर छोडेर मात्र नयाँ संरचना बनाउन पाउने मापदण्ड रहेको र हुलाकी राजमार्ग सडक हालका लागि बिच सेन्टर देखि १२÷१२ मिटर मात्र लिने निर्णय गरिएको समेत मेयर यादवले जानकारी दिए । 

हुलाकी राजमार्गको बिषयमा पछिल्लो बैठकमा पूर्व सिंचाई मन्त्री सञ्जय कुमार गौतम, प्रदेश सभा सदस्य तिलक शर्मा हिमाल, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरङवाङ, राजनितिक दलमा नेपाली कांग्रेसका उप–सभापति मिश्रीलाल यादव, नेपाल कम्युनिष्ट पार्टिका गुलरिया नगर कमिटी अध्यक्ष कोलराज पुरी, मधेसी वन अधिकार फोरमका जिल्ला अध्यक्ष कृष्ण यादव लगायतको उपस्थिति रहेको मेयर मुक्तिनाथ यादवले बताए ।

मेयर मुक्तिनाथ यादवका अनुसार गुलरिया बजार क्षेत्रमा हुलाकी सडक निर्माण पूरा हुनेमा नगरबासीलाई विश्वस्त रहन समेत बताए ।

पछिल्लो निर्णय अनुसार गुलरिया क्षेत्र भित्र पर्ने भन्सार देखि जिप्रका चोक, हुलाक चोक, राधाकृष्ण चोक, मांतङ्गी चोक हुदै पश्चिम तर्फ बबई बहुमुखि क्याम्पस देखि पश्चिम बन्दै गरेको सर्यु(भत्केको) पुल सम्म साथै जिप्रका चोकदेखि पूर्वमा भादापुल सम्म, र उत्तरमा राधाकृष्ण चोक देखि जब्दिपुल सम्म दायाँ बायाँ १२÷१२ मीटर लिई सडक बनाउने निर्णय भयकोले केहि दिन पछि सार्वजनिक सुचना जारि गरिने समेत गुलरिया नगरपालिकाका मेयर यादवले जानकारी दिए ।

गुलरिया बजार क्षेत्रमा हुलाकी राजमार्गको हालका लागि १२-१२ मिटरको बाटो बनाउने निर्णय केहि दिनमा नै हुलाकी राजमार्ग निर्दैशनालय नेपालगंजलाई जानकारी पठाउने र यो निर्णय केन्द्र सम्म पठाएर छिटै सडक निर्माणका लागि पहल गरिने समेत मेयर यादवले थपे ।

गुलरिया बजार क्षेत्रका बाटोहरु चौडा हुन जरुरी देखिएको थियो र गुलरिया नगरपालिकाको पछिल्लो निर्णयले हुलाकी राजमार्गका सडक हालका लागि भनेर १२-१२ मिटर बनाउने निर्णय स्वागत योग्य रहेको गुलरिया नगरपालिका बडा नं ५ का स्थानीय दीपक भट्राराईले बताए । 

हुलाकी सडक नबन्दा बर्दिया जिल्लाका जनताले नै बढि दुख पाएका छन सो यो बाटो छिटै सम्पन्न भए जिल्ला कै मुहार फेरिने र जिल्लाका कृषकहरुलाई आफ्ना उत्पादनहरु आफुले पाएक परेका बजारमा बिक्रि गर्न सहज हुने समेत भट्राराईले भने ।

यातायातका लागि साथै बजार व्यवस्थापनका लागि पनि चौडा बाटोको आवश्यक्ता रहेकोले गुलरिया नगरपालिकाले गरेको पछिल्लो निर्णय सम्पुर्ण गुलरिया बासिहरुको हितमा रहेको बर्दिया कृष्णसार यातायत बस व्यावसायीका अध्यक्ष एंव नेपाल यातायात वस व्यावसायी महासंघका केन्द्रिय सचिव शम्भु रिजालले बताए । हुलाकी राजमार्ग बनाउने समय कम रहेकाले छिटै नै यो निर्णय कार्यान्वयमका लागि तदारुकता देखाउन गुलरिया नगरपालिकालाई अनुरोध समेत रिजालले गरे । गुलरिया नगरपालिकाका मेयरको नेतृत्वमा भएको हुलाकी राजमार्गको मापदण्ड १२÷१२ मिटरको बाटो बनाउने निर्णयले हामी यातायात व्यावसायीहरु समेत हर्षित भएको समेत रिजालले भने ।

हुलाकी राजमार्ग निर्देशनालय नेपालगंजका अनुसार हाल हुलाकी सडक निर्माण कार्य भईरहेको सडक निर्माण कार्यको मापदण्ड ६-६ मिटर गरि १२ मिटरको मात्र रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै