• २०८१ बैशाख ५ बुधबार

बलिवुड अभिनेत्रीहरु जो प्रेममा भए असफल

kharibot

मुम्बई । बलिवुड अभिनेत्रीहरुको अफ्येर्सले सधै बलिवुड प्रेमीबीच चर्चा पाउने गर्दछ । आज भ्यालेन्टाइन डेको दिन हामीले बलिवुडमा आफ्नो रपममा असफल भएका केहि अभिनेत्रीहरुको चर्चा गर्दै छौ ।

यस सूचीमा ९० को दशकका चर्चित अभिनेत्रीहरु पनि सामेल रहेका छन् । अहिले फिटनेसलाई लिएर चर्चामा रहेकी एक समयकि चर्चित अभिनेत्री शिल्प शेठी सन् १९९३ मा फिल्म बाजिगरबाट बलिवुडमा कदम राखेकी थिइन् । बलिवुडमा उनको भेट खेलाडी कुमार अक्षयकुमारसँग भयो । दुवैले पहिलो पटक फिल्म मै खेलाई तु अनाडीमा काम गरे । दुवैलाई फिल्ममा अति नै रुचाइयो । यसपछि उनीहरु धड्कन, जानवर, इन्साफजस्ता फिल्ममा उनीहरु सँगै देखा पारे । यसै समयमा उनीहरुबीच अफ्येर्स सुरु भयो । लामो समय सँगै काम गरेपछि भएको अफ्येर्ससँगै उनीहरुले इन्गेजमेन्ट समेत गरेको बताइएको थियो । तर अक्षयकुमार पछि हटेर अर्की अभिनेत्री ट्विङकल खन्नासँग विवाह गरेपछि शिल्पाको प्रेम असफल भएको थियो ।

यसैबीचमा अक्षयकुमारको अफ्येर्स अभिनेत्री रविना टन्डनसँग पनि चलेको थियो । सन् १९९४ मा चर्चित फिल्म मोहरामा सँगै अभिनय गरेपछि दुवैबीच अफ्येर्स भएको बताइन्छ । उनीहरुले खेलाडीयोका खेलाडी, दावा, बारुदजस्ता फिल्ममा अभिनय गरेका थिए । ट्वीङकलसँग विवाह गरेसँगै रविनासँगको सम्बन्ध पनि तोडिएको थियो ।

यसपछि एक समयकी चर्चित अभिनेत्री सोनाली बेन्द्रे पनि आफ्नो प्रेममा असफल भएकी थिइन् । सोनालीले अभिनेता सुनिल शेठीसँग अफ्येर्स चलेको थियो । दुवैको भेट सन् १९९५ मा फिल्म टक्करका क्रममा भएको थियो ।उनीहरुले गद्धार, सपुत, भाई, कहर, रक्षकजस्ता फिल्ममा अभिनय गरेकी गरेकी थिइन् । यसैक्रममा उनीहरुबीच भएको अफ्येर्समा सुनिल शेठीको पहिलो विवाह अगाडी आएको थियो । सुनिल पहिला नै विवाहित भएका कारण उनले सोनालीलाई विवाह गर्न तयार भएनन् र यो जोडीको प्रेम टुट्न पुग्यो ।

त्यस्तै ९० को दशककी चर्चित अभिनेत्री करिश्मा कपुर पनि प्रेमआमा असफल भएकी थिइन् । करिश्मा अभिनेता अजय देवगनसँगको अफ्येर्समा रहेकी थिइन् ।अजयसँग करिश्माले विवाह नै गर्ने योजना बनाएकी थिइन् । अजयदेवगनसँग करिश्माले जिगर, धनवान, संग्राम, सुहाग, शक्तिमानलगायतका फिल्ममा अभिनय गरेकी थिइन् । यसैबीचमा अजयको अफ्येर्स अर्की अभिनेत्री रविना टन्डनसँग चलेको खबर आएपछि करिश्मा अजयसँग टाढा भएकी थिइन् । यसपछि करिश्माले अभिषेक बच्चनसँग इन्गेजमेन्टसमेत गरेकी थिइन् तर सो इन्गेजमेन्ट बिचमा टुटेको थियो ।

बलिवुडमा अभिनेत्रीहरुको असफल प्रेमको कुरा आउदा सबै भन्दा पहिला रेखा र अमिताभ बच्चनको प्रेमको कुरा आउने गर्दछ । अहिलेसम्म दुवैले यस विषयमा आधिकारिक रुपमा नबोलेका भएपनि उनीहरुबीच सन् १९७९मा डो अन्जाने, १९७९ मै सुहाग, लाल, १९७८ मा सिकन्दर, १९८१ मा सिलसिला लगायतका फिल्ममा अभिनय गरेका थिए । रेखा र अमिताभको प्रेम अमिताभले अर्की अभिनेत्री जया भादुरीसँग विवाह गरेपछि तोडिएको थियो ।   
           
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै