• २०८१ बैशाख १३ बिहीबार

‘जनताको जलविद्युत आयोजना’ मा बन्दैछन् यी आयोजना 

kharibot

काठमाडौँ ।  सरकारले आज ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्दैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको छरिएर रहेको पूँजीलाई जलविद्युत विकासमा लागाउने रणनिति अनुरुप यो कार्यक्रम घोषणा गर्न लागिएको छ । 

स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेगावाटभन्दा बढी जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले यो कार्यक्रमको औपचारिक घोषणा गर्न लागेको हो । 

‘नेपालको पानी, जनताको लगानी: हरेक नेपाली जलविद्युतको शेयर धनी’ भन्ने मूल नारा तय गरिएको यस कार्यक्रममा सरकारले ३ हजार ७ सय ७९ मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ । यस आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर तथा प्रभावित क्षेत्रका जनताको १९ प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत यस आयोजनाका लागि झण्डै ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

जनताको लगानीमा बनाइने आयोजनामा किमाथांका अरुण ४८२ मेगावाट, अपर अरुण ७२५ मेगावाट, इखुवा ३० मेगावाट, अरुण (४) ३७२ मेगावाट, धुन्सा खोला ७२ मेगावाट, सिम्बुवा खोला ७० मेगावाट, तामाकोसी (५) ९९६ मेगावाट, त्रिशूली-३ बी ३७ मेगावाट, बूढीगण्डकी ग्वारखोला ६० मेगावाट, बूढीगन्डकी प्रोक (१), १०० मेगावाट, बूढीगन्डकी प्रोक (२), २४० मेगावाट बूढीगन्डकी (क) ७५ मेगावाट, भेरी बबई डाइभर्सन ४८ मेगावाट, फुकोट कर्णाली ४९२ मेगावाट जगदुल्ला (१) ९२ मेगावाटम जगदुल्ला (२) ६५ मेगावाट, चैनपुर सेती २१० मेगावाट, सेती नदी (३) १६३ मेगावाट, अपर सेती ५० मेगावाट रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै