• २०८१ बैशाख ८ शनिबार

मेलवर्नले पायो १५४ रनको लक्ष्य, सन्दीप विकेटविहिन 

kharibot

काठमाडौं । बिग बास लिगको पहिलो सेमिफाइनलमा होबर्ट हुरिक्यानले मेलवर्न स्टार्सलाई १५४ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको हुरिक्यानले २० ओभरमा ७ विकेट गुमाउदै १५३ रन बनाएको हो । हुरिक्यानका लागि बेन म्याकडेरमोटले सर्वाधिक ५३ रन बनाए भने जर्ज बेलीले ३७ रन बनाएका थिए । त्यस्तै डिआर्ची शर्टले ३५ रन बनाएका थिए ।

मेलवर्नका लागि डेनियल वोरेलले ४ विकेट लिए भने एडम जाम्पा र डवाने ब्राभोले एक-एक विकेट लिएका थिए । वारेलले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिएका थिए । एक विकेट रन आउटको रुपमा लिएको थियो ।

नेपाली युवा बलर सन्दीप लामिछाने भने यस खेलमा विकेटविहिन भएका छन् । सन्दीपले ४ ओभर बलिङ गर्दै ३१ रन दिएका थिए । सन्दीपले बिग बासमा अहिलेसम्म ११ विकेट लिएका छन् ।

मेलवर्नले केहि बेरमा आफ्नो जवाफी ब्याटिंग गर्दै छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै