• २०८१ बैशाख १३ बिहीबार

भक्तपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दूपयोग अनुसन्धानको टोलीले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठलाई २५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राऊ गरेको छ । 

अख्तियारले श्रेष्ठलाई प्रशासन अगाडिको होटल स्वीट होममा रकम लिँदै गर्दा पक्राउ गरेको जनाएको छ ।  

जग्गा किनबेचको क्रममा परेको उजुरी मिलाइदिने भन्दै श्रेष्ठले रकम लिएको अख्तियारले बताएको छ । जग्गाको बिना बापतको रकम फिर्ता गराइदिन श्रेष्ठले २५ हजार रुपैयाँ मागेपछि त्यही रकम दिने क्रममा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राऊ उल्लेख गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै