• २०८१ बैशाख १२ बुधबार

महिला फ़्रेन्चाइज् क्रिकेट प्रतियोगिताको घोषणा  

kharibot

काठमाडौँ । पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले महिला क्रिकेटको फ़्रेन्चाइज क्रिकेट प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको छ । 

गत कार्तिकमा पोखरामा पोखरा प्रिमियर लिगको सफल आयोजना पछि काठमाडौँमा महिला क्रिकेटको फ़्रेन्चाइज प्रतियोगिता आयोजना गर्न लागेको स्विन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका छन् । 

क्रिकेटमा बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै क्रिकेट खेलको विकासमा केही योगदान पुर्याउने उद्देश्य लिई स्थापना भएको क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले वुमन च्याम्पियन्स लिग नामको सो प्रतियोगिता काठमाडौँको काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गर्ने जानकारी दिएको छ ।

प्रतियोगिता आगामी चैत्र २२ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगितामा ५ शहरका ५ फ्रेन्चाईज् टिमको सहभागिता रहने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै