• २०८१ बैशाख ८ शनिबार

मेलवर्न स्टार्स बिग बास लिगको फाइनलमा 

kharibot

काठमाडौं । मेलवर्न स्टार्स बिग बास लिगको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा मेलवर्नले होबर्ट हुरिक्यानलाई ६६ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

होबर्टले दिएको १५४ रनको लक्ष्य पछाएको मेलवर्नले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

मेलवर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक अविजित ४३ रन बनाएका थिए भने पिटर ह्यान्ड्सकबले ३५ रन बनाएका थिए । त्यस्तै सब गोत्चले अविजित ३३ तथा मार्कोस स्टोइनिस र निक मडिसनले १८-१८ रन बनाएका थिए । 

होबर्टका क्वेस अहमदले ३ विकेट लिएका थिए भने जाफरी आर्चरले एक विकेट लिएका थिए । यसअघि होबर्ट हुरिक्यानले टस हारेर पहिला ब्याटिंग गर्दै मेलवर्न स्टार्सलाई १५४ रनको लक्ष्य दिएको थियो । 

टस हारेर पहिला ब्याटिंग गरेको हुरिक्यानले २० ओभरमा ७ विकेट गुमाउदै १५३ रन बनाएको हो । हुरिक्यानका लागि बेन म्याकडेरमोटले सर्वाधिक ५३ रन बनाए भने जर्ज बेलीले ३७ रन बनाएका थिए । त्यस्तै डिआर्ची शर्टले ३५ रन बनाएका थिए ।

मेलवर्नका लागि डेनियल वोरेलले ४ विकेट लिए भने एडम जाम्पा र डवाने ब्राभोले एक-एक विकेट लिएका थिए । वारेलले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिएका थिए । एक विकेट रन आउटको रुपमा लिएको थियो ।

नेपाली युवा बलर सन्दीप लामिछाने भने यस खेलमा विकेटविहिन भएका छन् । सन्दीपले ४ ओभर बलिङ गर्दै ३१ रन दिएका थिए । सन्दीपले बिग बासमा अहिलेसम्म ११ विकेट लिएका छन् ।

मेलवर्न बिग बास लिगको फाइनलमा दोस्रो पटक पुगेको छ । यसअघि मेलवर्न २०१५-१६ सिजनमा फाइनलमा पुगेर पराजित भएको थियो । मेलवर्नले अब फाइनलमा दोस्रो सेमिफाइनलका मेलवर्न रेनेगेडस र सिड्नी सिक्सर्सबीचको विजेताबीच आइतबार खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै