• २०८१ बैशाख १३ बिहीबार

‘भेनेजुएला सङ्कट कम गर्न अमेरिका कोलम्वियाबीच सहकार्य हुने’

kharibot

वासिङटन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिका भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान डुकले भेनेजुएलाका बिषयमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको घोषणा भएको छ । 

दुई नेताबीच भेनेजुएलाका बिषयमा सहकार्यको महत्व र दुईपक्षीय सम्बन्धलाई मजबुत पार्ने सहमति भएको अमेरिकी सञ्चारमाध्यमले बताइएका छन् । 

भेटपछि पत्रकारलाई दिइएको संयुक्त प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले भेनेजुएलाको अवस्थालाई ‘हलचलपूर्ण’ भनेका छन् । यस्तो परिस्थितिमा भेनेजुयला (मदुरो) ले मानवीय सहयोग अस्वीकार गर्नु ‘भयङ्कर गल्ती’ भएको ट्रम्पको भनाई रहेको छ । 

ट्रम्पले कोलम्बियाका राष्ट्रपतिसँगको आफ्नो बैठक भेनेजुएलाबारेको छलफलमा समर्पित बनेको बताउदै भने डुकले वासिङ्टन र बोगोटाबीच भेनेजुएलाबारे छलफल जारी रहने बताए । 
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले कक्बोडियाका नेता डुक र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको बुधबारको बैठकलाई ‘भेनेजुएला विरोधीको भोज’ को सज्ञा दिए । 

भेनेजुएलाबारे आगामी नीतिमा ट्रम्प अस्पष्ट देखिएका छन् । के भेनेजुयलामा सैनिक समाधान विकल्प हो भन्नेबारे सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले भने, “धेरै विकल्पहरू छन् र हामी सबै विकल्पलाई हेरिरहेका छौँ ।” 

बुधबारै अमेरिकी प्रतिनिधि सभाको विदेश मामिला हेर्ने समितिलाई दिएको प्रतिक्रियामा भेनेजुयलाका लागि अमेरिकी विशेष प्रतिनिधि एलिअट अब्राम्सले भेनेजुएलामा अमेरिकाको सैनिक विकल्पको प्रयोग नहुने बताए । 

“यतिबेला हामीले विकल्पहरूलाई टेबलमा छन् भनेर भनेका छौँ किनकि समस्याको समाधान सधैँ वार्ताबाट नै हुने गर्छ,” अब्राम्सले भने । संसदको विदेश मामिला समितिका अध्यक्ष एलिअट एन्जेलले पनि सोही छलफलमा भने, “भेनेजुएलामा अमेरिकी सैनिक हस्तक्षेप विकल्प होइन ।” 

मङ्गलबार रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकी विदेशमन्त्रीसँगको टेलिफोन वार्तामा भेनेजुएलामा शक्तिको प्रयोग वा अन्य किसिमको अमेरिकी हस्तक्षेपको विरोध गरेका थिए । 
रूसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा अमेरिकी प्रस्तावको विरूद्ध भेनेजुएला सङ्कट समाधानार्थ वार्ताको लागि सङ्कल्प प्रस्ताव पेश गर्ने तयारी गरेको लाभरोभले बताए । 

यसैबीच भेनेजुएलाका विदेशमन्त्री जर्ज अरेइजाले दुई दिन पहिले भेनेजुयलामा आन्दोलनरत पक्षसित कुनै पूर्वशर्तविना नै वार्तामा बस्न र राजनीतिक सङ्कट टार्न आफ्नो सरकार तयार रहेको बताए । 

अमेरिकी ट्रम्प प्रशासनले भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदो, जसले केही समय पहिले आफूलाई ‘अन्तरिम राष्ट्रपति’ का रूपमा घोषणा गरेका थिए, लाई मान्यता दिएका थिए । 

निर्वाचनबाट भेनेजुएलाको राष्ट्रपति निर्वाचित मदुरोले नयाँ कार्यकालको सपथ लिएको दुई सातापछि विकशित नयाँ राजनीतिक समिकरणका कारण भनेजुएलाले विश्वको ध्यान खिचेको छ । 

वासिङ्टनको समर्थन गुइएदोलाई रहेपछि मदुरोले अमेरिकासँगको कूटनीतिक तथा राजनीतिक सम्बन्धलाई थप कडा पारेको बताए । उनले भेनेजुयलामा कार्यरत अमेरिकी कूटनीतिज्ञ तथा महाबाणिज्यदूतलाई ७२ घण्टाभित्र देश छोड्न निर्देशन दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै