भारतको काश्मिरमा विष्फोटमा ३० सैनिकको मृत्यु

खरीबोट

नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा ३० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । 

काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ३० सुरक्षाकर्मीको मृत्यु भएको विशेष प्रहरी अधिकारीलाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा अन्य २० जना सुरक्षाकर्मि घाइते भएका छन् । 

आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भएपनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको छ । 

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । 

समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

घटना विष्फोटक पदार्थ भरिएको कारलाई सुरक्षकर्मी आइरहेको बससँग ठोकाएर गराइएको भारतीय मिडियाहरुले बताएका छन् । भारतीय केन्द्रीय रिजर्भ पुलिस फोर्सका २५ सय जवानलाई लिएर गएका ७८ गाडीहरुको लस्करमा सो विस्फोटक पदार्थसहितको कार ठोक्काइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण प्राय अशान्त रहँदै आएको छ ।
 

सम्बन्धित समाचार

५७ किलो गाँजासहित १ भारतीय र २ नेपाली पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय नागरिक अमरजितलाई ४८ किलो ८०० ग्राम गाँजा र कारसहित नियन्त्रणमा लिएको छ । उनलाई हेटौँडाको तिनताप्केबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वैशाख

भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीसमाथि यौन दुर्व्यबहारको आरोप

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि उनकै एक जना पूर्व सहयोगी ( जुनियर असिस्टेन्ट) ले यौन उत्पीडन गरेको आरोप लागेको छ । प्रधानन्यायाधीश गगोइले आफूविरूद्ध अदालतका पूर्व कर्मचारीले

भारतबाट २८ बालकको उद्धार

गौशाला । महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका

भारतीय काँग्रेस नेता हार्दिक पटेललाई मंचमा थप्पड हानियो (भिडियो सहित)

नयाँ दिल्ली । भारतीय काँग्रेस पार्टीका नेता हार्दिक पटेललाई गुजरातमा चुंव प्रचारको भाषण गरिरहेका बेला एक व्यक्तिले थप्पड हानेका छन् । शुक्रबार पटेललाई स्थानीय एक व्यक्तिले भाषण गर्दागर्दै मञ्चमै झापड हानेका


z