• २०८१ बैशाख ४ मंगलबार

पश्चिमी वायु सक्रिय : शनिबारसम्म बदली र वर्षा

kharibot

फाइल तस्बीर

काठमाडौँ । पश्चिमी वायुको प्रभावले शनिबारसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए । उक्त प्रणालीको प्रभाव शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ थियो । अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । उक्त प्रणाली कमजोर भएको चारदिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो 

काठमाडौँ उपत्यकामा तीन-चार दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले आजदेखि बदली गराएका कारण काठमाडौँमा केही चिसो बढाएको छ ।

विहिबार काठमाडौँको न्यूनतम सात र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज डडेलधुरामा सात, वीरेन्द्रनगरमा पाँच र दाङमा एक मिलिमिटर वर्षा भएको छ । 

यसैबीच महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै विहिबार राति देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका अधिकांश स्थानमा र मध्य तथा पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना औँल्याएको छ । उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

शुक्रबार देशभर सामान्यतया बदली रहनेछ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आगामी ४ गते शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै