• २०८१ बैशाख १३ बिहीबार

ग्यारेथ बेललाई ला लिगामा १२ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने !

kharibot

काठमाडौँ । रियल म्याड्रिडबाट खेल्ने वेल्स स्ट्राइकर ग्यारेथ बेलमाथि ला लिगाका १२ खेलसम्म प्रतिबन्ध लाग्न सक्ने भएको छ ।

बेलले गत फेब्रुअरी ९ मा ला लिगा अन्तर्गत भएको एथलेटिको म्याड्रिडविरुद्धको म्याड्रिड डर्बीमा गोल गरेपछि गरेको सेलेबेरेसनमा स्थानीय फ्यानलाई उक्साएको आरोप लागेको छ ।
बेल खेलको ५७औ मिनेटमा भिनिसियास जुनियरको ठाउमा सबस्टिच्युटको रुपमा मैदान छिर्दै खेलको ७४औ मिनेटमा गोल गरेका थिए ।

गोल गरेपछि प्यारापिटमा रहेका फ्यानहरुतर्फ इंगित गर्दै बेलले गोलको खुशियाली मनाएका थिए । खेलपछि म्याच रेफ्रीको रिपोर्टमा बेलको सो प्रकरण उल्लेख नगरिएको भएपनि ला लिगाले एक व्यक्तव्य जारी गर्दै यसमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

ला लिगाको वक्तव्यमा बेललाई हुटिंग गरिरहेका एथलेटिकोका फ्यानहरु तर्फ इशारा गर्दै बेलले दाहिने हात उठाएर उनीहरुलाई झन् उक्साउने र डबल अर्थ लाग्ने व्यवहार गरेको उल्लेख गरेको छ । बेलले गरेको व्यवहारका बारेमा ला लिगाका अधिकारीहरुले अध्ययन गरिरहेको बताइएको छ ।

ला लिगाले यो आरोप साबित भएमा बेललाई कम्तिमा ४ देखि १२ खेलसम्म प्रतिबन्ध लाग्नसक्ने उल्लेख गरेको छ । बेललाई १२ खेलको प्रतिबन्ध लागेमा उनी यस सिजनभरका रियलका खेल गुमाउनसक्ने बताइएको छ । ला लिगामा रियलले अब १५ खेल खेल्न बाँकी रहेको छ । रियल बार्सिलोनाभन्दा ६ अंकले पछाडी रहेको छ ।

यस सिजनमा १२ गोल गरेका बेलले रियलका लागि अहिलेसम्म कुल सय गोल समेत गरेका छन् । रियलमा धेरै जसो समय इन्जुरीका कारण मैदान बाहिर रहने बेल अहिले नयाँ म्यानेजर सान्टियागो सोलारी आएपछि प्राय: खेलमा सबस्टिच्युटको रुपमा मैदानमा आउने गरेका छन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै