• २०८१ बैशाख ८ शनिबार

युरोपा लिग : चेल्सीको संघर्षपूर्ण जित, आर्सनल पराजित 

kharibot

काठमाडौँ । युरोपा लिगको अन्तिम ३२ को पहिलो लिगमा प्रिमियर लिग क्लब आर्सनल पराजित भएको छ भने अर्को क्लब चेल्सीले संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती भएको खेलमा आर्सनल बाटेसँग १-० गोल अन्तरले पराजित भएको छ । बाटेको घरेलु मैदानमा भएको खेलमा स्टानिस्लोभ ड्रागुनको एकमात्र गोलले आर्सनल पराजित भयो ।

एक गोलले पछि परेको आर्सन खेलको ८५औं मिनेटमा एलेजान्द्रे लाकाजेटी दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको थियो । अब आर्सनलले दोस्रो लिग फेब्रुअरी २२ मा आफ्नै मैदानमा खेल्ने छ ।

त्यस्तै गएराती नै भएको अर्को खेलमा चेल्सीले माल्मोलाई २-१ गोल अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा रोस बार्रक्ले र ओलिभर जिरुडले १-१ गोल गरेका थिए । त्यस्तै माल्मोका लागि भने एन्डर्स क्रिस्टियनले एक गोल गरेका थिए ।

अब युरोप लिगको दोस्रो लिग फेब्रुअरी २२ मा चेल्सीको घरेलु मैदानमा हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै