• २०८१ बैशाख १२ बुधबार

क्याप्टेनको नयाँ गीतमा निरुताको पछि भुवन केसी र अनमोल 

kharibot

काठमाडौँ।  सुपरस्टार अनमोल केसी अभिनीत छैठौ फिल्म ‘क्याप्टेन’ को दोस्रो गीत ‘कर्ली कर्ली कपाल’ सार्वजनिक भएको छ । सार्वजनिक भएको सो गीतमा भुवन केसी र निरुता सिंहसँगै अनमोललाई फ़िचरिङ्ग गरिएको छ । 

गीतलाई मेलिना राई र एसडी योगीको स्वर रहेको छ भने संगीत एसडी योगी र सुशान्त गौतमको रहेको छ । सबिन शाक्यले कोरियोग्राफ गरेको गीतको शब्द बहने हर्क साउद र मनिष ढकालको रहेको छ । 

गत बर्ष रिलिज गरिएको कृ पछि रिलिज हुन् लागेको अनमोलको यो फिल्म छैठौ फिल्म हो। यो फिल्ममा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म 'क्याप्टेन' ले बोल्नेछ । दीवाकर भट्टराई निर्देशित फिल्मको निर्माण भुवन केसीले गरेका छन् । यसअघि कात्तिक १६ रिलिज गर्ने चर्चा चलेपनि अब फिल्म फागुन २१ गते रिलिज हुने भएको छ। 

यस फिल्ममा अभिनेता अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदारी गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै