• २०८१ बैशाख १४ शुक्रबार

प्रशिक्षक भल्भेर्डेद्वारा बार्सिलोनासँग सम्झौता नवीकरण 

kharibot

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक इर्नेष्टो भल्भेर्डेले बार्सिलोनामा आफ्नो सम्झौता अर्को सिजनसम्मका लागि नवीकरण गरेका छन् ।

बार्सिलोनाले आज दिएको जानकारी अनुसार भल्भेर्डेले २०१९-२० सिजनसम्मका लागि बार्सिलोनामै बस्ने गरि सम्झौता गरेका चाहन भने अर्को १२ महिनाको लागि क्लबमा बस्न सक्ने क्लज पनि सम्झौतामा गरिएको बार्सिलोनाले जनाएको छ ।

यसै सिजनको अन्त्यमा उनको क्लबमा सम्झौता सकिने भएकाले क्लब र भल्भेर्डेबीच नयाँ सम्झौता भएको हो ।

२०१७ मे २९ देखि बार्सिलोनाको प्रशिक्षक बनेका भल्भेर्डेले सुरुको  सिजनमा ला लिगा र कोपा डेल रेको उपाधि जितेका थिए ।

भल्भेर्डेले प्रशिक्षकको रुपमा बार्सिलोनामा अहिलेसम्म खेलेका ९६ खेलमा ६५ खेलमा जित, २२ खेल बराबरी र केवल ९ खेलमा हार बेहोरेका छन् । उनको प्रशिक्षणमा बार्सिलोनाले कुल ९६ खेलमा २३३ गोल गरेको छ भने ७८ गोल खाएको छ । भल्भेर्डेक अन्डरमा खेल्दै बार्सिलोनाका लागि सबै भन्दा धेरै गोल लियोनेल मेसीएल गरेका छन् । मेसीले कुल ७४ गोल गरेका छन् भने लुइस स्वरेजले ४७ कोटिन्होले १८, डेम्बेलेले १७, पाउलिन्हो र पिकेले ९-९ तथा राकिटिकले ८ गोल गरेका छन् ।

५५ बर्षिय भल्भेर्डे खेलाडीको रुपमा पनि बार्सिलोनामा १९८८ देखि १९९० सम्म दुई बर्ष खेलेका थिए । बार्सिलोनाका लागि कुल २२ खेल खेलेका भल्भेर्डेले ८ गोल गरेका थिए ।

खेलाडीको रुपमा उनले बार्सिलोनाका लागि कोपा डेल रेको उपाधि जितेका थिए भने युइएफए कपको उपविजेता बनेका थिए । 

     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै