• २०८१ बैशाख ११ मंगलबार

एशिया क्वालिफायर खेल्ने १४ सदस्यीय महिला क्रिकेट टिमको घोषणा 

kharibot

फाइल तस्बीर

काठमाडौँ । आइसीसी टी-२० महिला क्रिकेट विश्वकपको एशियाको छनौटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरिएको छ । आगामी फेब्रुअरी १८ देखि २७ सम्म थाइल्यान्डमा हुने छनौट खेलका लागि १४ सदस्यीय महिला क्रिकेट टिमको घोषणा गरिएको हो ।

घोषणा गरिएको टिममा कप्तना रुबिना छेत्री बेलबासे रहेकी छन् भने सिता राना मगरलाई उपकप्तान बनाइएको छ । 

१४ सदस्यीय महिला खेलाडीमा रुबिना क्षेत्री बेलबासे (कप्तान), सिता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरति बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, ममता कुमारी चौधरी, बिन्दु रावल, र अप्सरी बेगम रहेका छन् । 

त्यस्तै ऋतु कुमारी कनुजिया, सुमन बिष्ट, अन्जली चन्द र डली भट्ट वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।

साथै थाइल्याण्ड जाने सपोर्ट स्टाफमा म्यानेजर-अमृता पौडेल, हेड कोच बिनोद दास, नीरा राजोपाध्य सहायक कोच र  फिजियो- सकुन दानी रहेका छन् ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिम फेब्रुअरी १६ मा थाइल्याण्ड तर्फ प्रस्थान गर्ने छ ।

एशियाको छनौटमा नेपालसहित चीन, हङकङ, कुवेत, मलेसिया, थाइल्याण्ड र युएई खेल्दै छन् ।  

नेपालले पहिलो खेल फेब्रुअरी १९ मा मलेसियाविरुद्ध खेल्ने छ भने फेब्रुअरी २१ मा आयोजक थाइल्याण्डसँग, फेब्रुअरी २२ मा युएईसँग, फेब्रुअरी २४ मा हङकङसँग, फेब्रुअरी २५ मा चीनसँग र फेब्रुअरी २७ मा कुवेतसँग खेल्ने छ ।

प्रतियोगितामा शिर्ष स्थान हासिल गर्ने टिम २०१९ मा हुने आइसीसी महिला विश्वकप टी-२० क्वालिफायर र २०२० मा हुने महिला क्रिकेट विश्वकपको क्वालिफायरमा छनौट हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै