• २०८१ बैशाख १३ बिहीबार

बिग बास लिगको फाइनल मेलवर्नका दुई क्लबबीच हुने 

kharibot

काठमाडौं । बिग बास लिगको फाइनलमा मेलवर्नका दुई क्लब मेलवर्न स्टार्स र मेलवर्न रेनेगडेस पुगेका छन् । 

आज भएको दोस्रो सेमिफाइनलमा रेनेगडेसले सिडनी सिसर्सलाई ३ विकेटले पराजति गर्दै फाइनलमा पुगेपछि फाइनल खेल मेलवर्न डर्बी हुने भएको छ । यस अघि पहिलो सेमिफाइनलमा मेलवर्नले होबर्ट हुरिक्यानलाई ६६ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको थियो । 

प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ ।

पहिलो पटक अस्ट्रेलियाको बिग बास लिग खेलेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले बिग बासमा अहिलेसम्म ११ विकेट लिएका छन् ।
मेलवर्न बिग बास लिगको फाइनलमा दोस्रो पटक पुगेको छ । यसअघि मेलवर्न २०१५-१६ सिजनमा फाइनलमा पुगेर पराजित भएको थियो । 

त्यस्तै फाइनलमा पुगेको मेलवर्न रेनेगडेस भने पहिलो पटक फाइनलमा पुगेको हो । तेस्रो पटकको प्रयासमा रेनेगडेसले सेमिफाइनल पार गर्दै प्रतियोगितामा फाइनलमा पुगेको छ ।

मेलवर्न स्टार्सलाई अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले कप्तानी गरेका छन् भने रेनेगडेसलाई अस्ट्रेलियाकै शिर्षक्रमका ब्याट्सम्यान एरोन फिन्चले कप्तानी गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै