• २०८१ बैशाख ६ बिहीबार

पत्रकारलाई गोली हानेको घटनामाथि छानबिन गर्न माग

kharibot

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आफ्ना झापा शाखा सदस्य सुनिरा मैनालीलाई प्रहरीको गोली लागि घाइते भएको घटनाबारे छानबिन गर्न माग गरेको छ । 

महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सुरक्षामा खटिएका प्रहरीले पत्रकार मैनालीमाथि लापरवाही तरिकाले गोली हानेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । 

उनले घाइते पत्रकार मैनालीको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समेत माग गरेका छन् । बिर्तामोडस्थित रेडियो विराटमा कार्यरत पत्रकार मैनालीको गत बुधबार झापाको लक्ष्मीपुर चोकमा चिया पसलमा बसिरहेको अवस्थामा सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली पत्रकार मैनालीको खुट्टामा लागी घाइते भएकी थिइन् । 

यसैबीच महासङ्घका अध्यक्ष गोविन्द आचार्यको टोलीले घटनाका सम्बन्धमा पूर्वाञ्चल प्रहरी प्रमुख केदार रिजाल, झापा जिल्ला प्रहरी प्रमुख यमप्रसाद ढकाल, गृह मन्त्रालयका पदाधिकारीलगायतसँग छलफल गरी सो घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेको महासचिव विष्टले जानकारी गराए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै