• २०८१ बैशाख ७ शुक्रबार

रसुवामा सुनसहित पक्राउ

kharibot

तस्बीर : रासस

रसुवा । पासाङ ल्हामु राजमार्गको खोपाङबाट आज एक जना सुनसहित पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका २९ वर्षीय दावा छिरिङ तामाङ ४६२ ग्राम सुनसहित पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बसमा जाँच गर्दा तामाङको प्यान्ट्सको खल्तीमा सुन भेटिएको प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए । उक्त सुनको बजार मूल्य रु २४ लाख ५९ हजार रहेको छ । 

रसुवागढी नाका भएर २०७२ मङ्सिर १५ गतेदेखि हालसम्म प्रहरीले ४१ किलोभन्दा बढी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै