• २०८१ बैशाख १४ शुक्रबार

युभेन्टसको जितमा डिबाला र रोनाल्डोको गोल

kharibot

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले फ्रोसिनोनेलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले फ्रोसिनोनेलाई ३-० गोल अन्तरले पराजित गर्दै सिरी ए मा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

युभेन्टसको जितमा पाउलो डिबाला, क्रिस्टियानो रोनाल्डो र लियोनार्दो बोनुचीले एक एक गोल गरेका थिए । रोनाल्डोले यस खेलमा एक गोल र एक असिस्ट गरेका थिए । रोनाल्डोले सिरी ए को यस सिजनमा सबैभन्दा बढी असिस्ट गरेका छन् । उनले अहिलेसम्म ८ गोल असिस्ट गरेका छन् ।

युभेन्टसले यस सिजनमा अहिलेसम्म २४ खेलमा अपराजित हुने रेकर्ड बनाएको छ । २४ खेलमा २१ खेल जितेको छ भने ३ खेल बराबर भएका छन् ।

युभेन्टसको जितपछि २४ खेलमा ६६ अंक भएको छ भने एक खेल कम खेलेको नेपोलीभन्दा १४ अंकले अगाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै