• २०८१ बैशाख ८ शनिबार

यौनसम्बन्धी केही मिथक जसको शिकार छन् अधिकांश जोडी

kharibot

काठमाडौँ । धेरै मानिस आफ्नो यौन सन्तुष्टिमा कमी आउनाले चिन्तित हुन्छन् । तर, असन्तुष्टिको कारण पत्ता नलगाई उदासीन रहने गर्छन् । 

आफ्नो यौन जीवनको तुलना अन्यसँग गरेर पनि मानिसहरु आफूलाई कमजोर ठानिरहेका हुन्छन् । कतिपय त अनलाइन पोर्नको चक्करमा पनि फस्छन् । वास्तवमा मानिसहरु आफ्नो समस्याको बारेमा विशेषज्ञको सल्लाह लिनुभन्दा भ्रम, अफवाह र मिथकको शिकार बनेर समाधान हुन सक्ने समस्यालाई पनि जीवनभर पालिराख्छन् । केही यस्ता मिथक छन् जसमा पटक्कै विश्वास गर्नुहुँदैन । 

मिथक १. मबाहेक अरु सबै मानिस धेरै राम्रो यौन सम्पर्क राख्छन् 

प्रायः ४० देखि ५० का मानिस स्वस्थ नै हुन्छन्, तथापि उनीहरुबीच इन्टिमेसीको कमी हुन्छ । उनीहरु अश्लील भिडियो, म्यागजिन अथाव आफ्ना नजिकका व्यक्तिसँग आफ्नो यौन जीवनको तुलना गर्छन् । यो गलत हो । अन्यसँग तुलना गर्नुभन्दा आफ्नो यौनसम्बन्धमा किन कमी आइरहेको छ, त्यसको खोजी गर्नुपर्छ । यदि स्वास्थ्यसँग सम्बन्धित समस्या हो भने उपचारको माध्यमले नै समस्या समाधान गर्न सकिन्छ । यदि आपसी सम्बन्धसँग सम्बन्धित समस्या हो भने परामर्श अथवा सरसल्लाहको माध्यमले समस्याको समाधान गर्नुपर्छ । कतिपय अवस्थामा जोडी आफ्नो काम, फोन र जिम्मेवारीमा यति व्यस्त हुन्छन् कि उनीहरुले क्वालिटी टाइम बिताउन पाउँदैनन् । जब आफ्नो समस्याको कारण थाहा हुन्छ, त्यसको समाधान आफै निस्किन्छ । 

मिथक २. ४० वर्षको उमेरमा यौन जीवन समाप्त हुन्छ 

४० अथवा ५० को उमेरका धेरै मानिस बेडरुममा राम्रो पर्फम गर्न सक्दैनन् । उक्त उनीहरुको शरीर यौन सम्पर्कको लागि लायक रहँदैन । उनीहरु डायबिटिज, हाइपर्टेन्सन र मोटोपनाको शिकार भइसकेका हुन्छन् र यसमा उनीहरुले ध्यान पनि दिएका हुँदैनन् । कतिपय ४० देखि ५० का पुरुष इरेक्टाइल डिस्फंक्सनको समस्याले पीडित हुन्छन् । यस्तो अवस्थामा जब उनीहरु पर्फर्म गर्न सक्दैनन्, तब, उनीहरु आफूलाई कमजोर भएको मान्दछन् । यतिमात्र नभई आफ्नो पार्टनरले के सोच्ला भन्ने डरले पनि उनीहरु यौनबाट टाढा रहन थाल्छन् । वास्तविकता के हो भने कुनै पनि स्वस्थ व्यक्तिले ९० वर्षको उमेरसम्म यौन सम्पर्क राख्न सक्छन् । मुख्यतः पुरुषहरुले प्रिमेच्योर इज्याक्युलेशन कुनै रोग नभई यो व्यावहारिक समस्या हो, जसलाई सजिलै समाधान गर्न सकिन्छ भन्ने बुझ्नुपर्छ । 

मिथक ३. विवाहित दम्पतीले अरुको बारेमा कल्पना गर्न हुँदैन  

सामान्यतया रिलेशनशिप बसिसकेपछि अरुसँगको यौन सम्बन्धको बारेमा कल्पना गर्नु अपराधको नजरले हेरिन्छ । अरुसँग यस्तो कल्पना गर्नु चिटिङ अथवा धोकाधडी हो भन्ने मानिन्छ । तर, कसैप्रति आकर्षित हुनु मानिसको सामान्य प्रकृति हो । कसैसँग सम्बन्धमा रहनु हाम्रो इच्छा हो, बाध्यता होइन । जलन र शंकाको भावनाले आफैलाई चोट पुर्याउनुभन्दा आफ्नो इच्छाको बारेमा खुलेर आफ्नो जोडीसँग कुरा गर्नु राम्रो हुन्छ । जोडीले पनि उनको कुरा धैर्यपूर्वक सुनिदिनुपर्छ । 

मिथक ४. मलाई पार्टनरको एक्सले भन्दा राम्रो पर्फर्म गर्नु छ 

विशेषतः जोडीमध्ये कोही एकको सेक्सुअल पास्ट छ भने नयाँ जोडीबीच असुरक्षा, बेचैनी, अतिसंवेदनशीलता र अपर्याप्तताको भावना धेरै देखिन्छ । यस्तो असुरक्षाको भावनाका कारण महिलाले कस्मेटिक सर्जरी गरेर ब्रेस्ट र बटक्स इन्लार्ज गराउँछन् । जेनिटल एरियाको ब्युटिफिकेसन गराउँछन् । पुरुषमा भने पर्फर्ममा इन्ज्वाइटीको समस्या रहन्छ । दुवै जोडीले राम्रो यौन सम्बन्ध शारीरिक आकारले नभई इमोसनल इन्टिमेसी र कम्फर्टबाट राम्राने हुन्छ भन्ने बुझ्नुपर्छ । तपाईंको जोडी तपाईंसँग त्यसैले छ, किनकि उसले तपाईंलाई मन पराउँछ । त्यसैले तपाईंले आफूलाई अन्यसँग तुलना गर्नुभन्दा आफ्नो बेडरुम स्किल बढाउने कोसिस गर्नुपर्छ । 

मिथक ५. लिंग ठूलो बनाउने औषधिले काम गर्छ 

पोर्नोग्राफी र अनलाइन सेक्स स्टोरका कारण पुरुषहरु हाल आफ्नो लिंगको आकारलाई लिएर असुरक्षित महसुस गर्छन् । उनीहरुलाई कुनै औषधि अथवा साधनको प्रयोगले लिंगको आकार ठूलो बनाउन सकिन्छ भन्ने विश्वास दिलाइन्छ । यो सबै एक भ्रम मात्र हो । उनीहरुले यो बुझ्नु जरुरी छ, विश्वमा यस्तो कुनै औषधि अहिलेसम्म बनेको छैन जसले लिंगको आकार बढाउन सकोस् । केही औषधिले लिंगमा रक्तसञ्चार बढाउँछ र यसले इरेक्सन राम्रो हुन्छ । मानिसलाई यसका कारण लिंगको आकार बढेको भन्ने भ्रम हुन्छ । सुरुवाती ३ अथवा ३.५ इन्चभन्दा ठूलो आकारको कुनै अर्थ छैन भन्ने बुझ्नु आवश्यक छ । 

मिथक ६. दुईओटा कन्डोम प्रयोग गर्नु राम्रो 

जोखिमपूर्ण यौन सम्बन्ध राख्ने पुरुषहरु एउटाभन्दा दुईओटा कन्डोम प्रयोग गर्नु राम्रो मान्छन् । तर, दुईओटा कन्डोम प्रयोग गर्दा फ्रिक्सन अथवा घर्षण बढ्छ र कन्डोम फुट्ने सम्भावना रहन्छ । त्यस्तै, दुईओटा कन्डोम प्रयोग गर्दा कन्डोम निस्किने सम्भावना पनि रहन्छ । त्यसैले एउटामात्र गुणस्तरीय कन्डोम प्रयोग गर्नु उचित हुन्छ । त्यस्तै, चिल्लोपनाको लागि भ्यास्लिन अथवा तेल प्रयोग गर्नाले इन्फेक्सनको खतरा रहन्छ । त्यसैले यसको स्थानमा लुब्रिकेटेड कन्डोम अथवा जेली प्रयोग गर्न सकिन्छ । 

मिथक ७. पहिलो यौन अनुभव सबैभन्दा राम्रो होस् 

धेरै मानिस आफ्नो पहिलो यौन अनुभव जीवनभर यादगार रहने भएकाले पर्फेक्ट होस् भन्ने चाहन्छन् । तर, यसले दुवैमा तनाव बढाउन सक्छ र पुरुष इरेक्टाइल डिस्फंक्सनको शिकार हुन सक्छन् भने महिलालाई धेरै पीडा हुन सक्छ । यसले भविष्यमा पनि यौनको समयमा डर उत्पन्न हुन सक्छ । जति अभ्यास बढ्दै गयो, यौन सम्पर्कको अनुभव पनि त्यति नै राम्रो हुने भएकाले पहिलो सम्बन्ध नै उत्कृष्ट हुनुपर्छ भन्ने जरुरी छैन । दुवैले एकअर्कालाई बुझ्दै गएपछि कुन कुराले उत्तेजित तुल्याउँछ भन्ने थाहा हुन्छ र यौन सम्बन्ध राम्रो रहन्छ । अभ्यासले नै मानिसलाई सबै कुरामा कुशल बनाउँछ । 

मिथक ८. यौनको लागि परम्परागत आसन मात्र सही 

सामाजिक पूर्वाग्रहका कारण धेरै मानिस परम्परागत आसनबाहेक यौनका लागि अन्य तरिकाको बारेमा सोच्नै सक्दैनन् । यदि कसैले यस्तो सोच्यो भने उक्त व्यक्तिलाई गलत ठहर्याइन्छ । तर, सबैभन्दा पहिला यौनले एकअर्काको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै व्यक्तिलाई सशक्त तुल्याउँछ भन्ने बुझ्नु जरुरी छ । त्यसैले यौन सन्तुष्टिको लागि भिन्न तरिका अपनाउनु पक्कै गलत होइन । मुखमैथुन, गुदामैथुन आदि विभिन्न तरिकाले यौन जीवनमा फरकपन ल्याई इच्छा पनि बनाइराख्छ । तर, यसको लागि दुवैजना सहमत हुनु भने आवश्यक छ । यसमा कुनै प्रकारको जोखिम नहोस्, संक्रमण नहोस् भनी आवश्यक सुरक्षा पनि अपनाउनुपर्छ । 

विभिन्न एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै