• २०८१ बैशाख १३ बिहीबार

वर्षाले डिपिएलका आजका दुवै खेल रद्ध, सोमपालको टिम बाहिरियो 

kharibot

कैलाली । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत आज हुने भनिएको दुवै खेल बर्षाका कारण रद्ध भएका छन् । 

विराटनगर किंग्स र काठमाण्डौ गोल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल बर्षाका कारण रद्ध भएको हो । विहिबारदेखि परेको बर्षाका मैदान हिलो भएपछि खेल हुन नसकेको हो ।

खेल रद्ध भएपछि दुवै टिमले एक एक अंक बाडेका छन् । यसअघि विहिबार पनि खेलको बीच मै वर्षा भएपछि विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडले एक एक अंक बाडेका थिए ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदानमा पानी जमेको छ । शुक्रबार राति पुनः पानी परेपछि मैदान खेल्नै नमिल्ने भएको छ । शुक्रबार रेस्ट डे भएकाले कुनै खेल भएको थिएन ।

आज बिहान ४ बजेसम्म कैलालीमा पानी परेको थियो । मैदानको आउटफिल्डमा पुरै पानी जमेको छ । मौसम विभागले आज बिहानसम्म पनि पानी पर्नसक्ने जनाएको छ । 

बर्षाका कारण खेल रद्ध भएपछि धनगढी स्टार्सको डिपिएल यात्रा भने सकिएको छ । लिग चरणमा एक खेल खेल्न बाँकी रहेको बेला धनगढी ४ खेलमा केवल ३ खेलमा हार बेहोर्दै केवल एक अंक हासिल गर्दै अंकतालिकामा पुछारमा रहेको छ । सोमपाल कामीले नेतृत्व गरेको धनगढी स्टार्स यस अघिका दुवै सिजनमा टिम चौराहा धनगढीको नामबाट खेल्दै लगातार उपाधि जितेको थियो । 

यस टिममा युएईका कप्तान रोहन मुस्तफा, नेपालका सुनिल धमला, सौरभ खनाल, पवन सराफ जस्ता खेलाडीहरु रहेका छन् । धनगढीले अब आफ्नो अन्तिम खेल रुपन्देही च्यालेन्जर्ससँग खेल्ने छ । अब अन्तिम खेलमा जित हासिल गरेपनि धनगढीको केवल ३ अंक हुने छ  ।

अहिलेसम्म काठमाडौँ गोल्डेन्स ३ खेलमा २ मा जित र एक खेल नभई अंक बाडेकाले ५ अंकसहित शिर्ष स्थानमा छ भने अत्तरिय, रुपन्देही र विराटनगर ४-४ अंकसहित क्रमश दोस्रो तेस्रो र चौथो स्थानमा छन् ।

त्यस्तै महेन्द्रनगर युनाइटेड ४ खेलमा २ अंकसहित पाचौ र धनगढी स्टार्स ४ खेलमा एक अंकसहित पुछारमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै