• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तान झडप, २४ घण्टामा ५० को मृत्यु

kharibot

काबुल, अफगानिस्तान । अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् । 

तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबा छ लडाकूको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले सिन्ह्वालाई बताए । 

त्यस्तै सुरक्षाकर्मीले उरुजगानमा शुक्रबार राति गरेको सुरक्षा कारबाहीमा २२ जना विद्रोही लडाकूको मृत्यु भएको र १६ जना घाइते भएका सुरक्षा अधिकारी जैनुल्लाहले बताए । 

यसैगरी उत्तरी सारी पुल प्रान्तको सायद जिल्लामा २३ विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएका उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए  । 

तालीवान समूहले शनिबार समाचार तयार पार्दासम्म यी घटनाबारे कुनै औपचारिक प्रतिक्रिया जनाइसकेको छैन । दक्षिणी कान्दाहारमा तालिवान विद्रोहीको आक्रमणमा परी एक प्रहरीसहित एक सर्वसाधारणको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै