• २०८१ बैशाख ७ शुक्रबार

मेसीले गरे रोनाल्डोको यो रेकर्डको बराबरी 

kharibot

काठमाडौँ । लियोनेल मेसीले क्रिस्टियानो रोनाल्डोको एक रेकर्डसँग बराबरी गरेका छन् । 

गएराती भएको रियल भल्लाडोलेडविरुद्धको खेलमा मेसीले खेलको ४३औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै यस सिजनमा आफ्नो ३०औ गोल गरेका छन् ।

मेसीले बार्सिलोनाका लागि सबै प्रतियोगितामा ३० गोल गर्दै लगातार ११ सिजनसम्म ३० भन्दा बढी गोल गर्ने रेकर्ड बनाएका छन् । आफ्नो ३०औ गोल गर्दै लगातार ११ सिजनसम्म ३० भन्दा बढी गोल गर्ने रोनाल्डोको रेकर्डको मेसीले बराबरी गरेका हुन् ।

यस्तो रेकर्ड अहिले युभेन्टसबाट खेल्ने रोनाल्डोले गत सिजनमा रियल म्याड्रिडबाट खेल्दा लगातार ११ सिजन ३० भन्दा बढी गोल गर्ने रेकर्ड बनाएका थिए ।

रोनाल्डोले भने यस सिजनमा युभेन्टसका लागि अहिलेसम्म २१ गोल गरेका छन् भने अब आफ्नै रेकर्ड तोड्न र मेसीलाई उछिन्न रोनाल्डो ९ गोल टाढा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै