• २०८१ बैशाख १३ बिहीबार

मेलवर्न स्टार्सले पायो १४६ रनको लक्ष्य 

kharibot

काठमाडौँ । बिग बास लिगको फाइनलमा मेलवर्न स्टार्सले १४६ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको मेलवर्न रेनेगडेसले २० ओभरमा ५ विकेट गुमाउदै १४५ रन बनाएको थियो । 

रेनेगडेसका लागि टम कुपरले सर्वाधिक ४३ रन बनाए भने डेनियल क्रिस्टियनले ३८ रन बनाएका थिए । त्यस्तै म्यकेनेज हार्भेजले १४, कप्तान एरोन फिन्चले १३ रन बनाएर आउट भएका थिए ।

मेलवर्न स्टार्सका बलर ज्याक्सन बर्ड र एडम जाम्पाले २-२ विकेट लिएका थिए । नेपाली बलर सन्दीप लामिछानेले भने विकेट नलिए पनि सबैभन्दा किफायती बलिङ गरेका थिए ।    

फाइनलमा सन्दीपको किफायती बलिङ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगको फाइनलमा विकेट नलिए पनि किफायती बलिङ गरेका छन् । सन्दीपले आफ्नो ४ ओभर बलिङ गर्दै १६ रन दिएका छन् । सन्दीपले प्रतियोगितामा कुल ११ विकेट लिए । सन्दीपले बिग बास लिगका ९ खेल खेल्दै ११ विकेट लिएका हुन् ।   

सन्दीपले अहिलेसम्म विश्वका धेरै फ़्रेन्चाइज टी-२० लिग खेलेपनि सन्दीप लामिछाने पहिलो पटक कुनै फाइनलमा खेलेका हुन् । 

सन्दीप खेलेका टीम आइपिएलको तत्कालिन दिल्ली डेयर डेभिल्स, ग्लोबल टी-२०को मोन्टरियल टाइगर्स, क्यारेबियन प्रिमियर लिगको सेन्ट किट्स एंड नेभिस प्याट्रोयट्स, अफगानिस्तान प्रिमियर लिगको टिम नन्गारहर लियोपार्ड, बंगलादेश प्रिमियर लिगको टिम सिलहेट सिक्सर्स जस्ता टिम प्रतियोगिताको फाइनलमा पुग्न असफल भएका थिए । 

नेपालमा भएको एभरेष्ट प्रिमियर लिगमा सन्दीपको टिम ललितपुर प्याट्रोयट्सले उपाधि जितेपनि सन्दीप यस टिमका सुरुका दुई खेल मात्र खेलेर अस्ट्रेलिया गएका थिए ।
यसरी हेर्दा सन्दीप पहिलो पटक अस्ट्रेलियाको टी-२० लिग र विश्व कै ठुलो टी-२० लिग मध्यको एक बिग बास लिगमा पहिलो पटक मै फाइनल खेलेका हुन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै