• २०८१ बैशाख १२ बुधबार

स्न्यापच्याट स्टाइलको क्यामरा फिचर ल्याउँदै ट्वीटर 

kharibot

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले एक न्यूज क्यामरा फिचर निर्माणमा काम गरिरहेको छ । 

यसको माध्यमले प्रयोगकर्ताहरुले स्न्यापच्याटमा जसरी नै फोटो, भिडियो र लाइभ ब्रोडकास्टमा क्याप्सन जोड्ने सुविधा प्राप्त गर्नेछन् । 

स्न्यापच्याट स्टाइलको उक्त क्यामराको कोडनेम न्यूज क्यामरा हो । 

यो फिचर पूर्णरुपले तयार भएपछि यसको नाम न्यूज क्यामराबाट बदलेर मोमेन्ट्स राखिने बताइएको छ । 

माइक्रोब्लगिंग साइट ट्वीटरले एन्ड्रोइड र आईओएस एपबाट आफ्नो ‘मोमेन्ट्स’ फिचरलाई सन् २०१८ को अक्टुबरमा हटाएको थियो । 

स्रोतका अनुसार ट्वीटरले नयाँ फिचरको परीक्षण सबैभन्दा पहिला आईओएसमा गर्न सक्छ । 

ट्वीटरमा तस्वीर र भिडियो शेयर गर्न सजिलो तरिकाको खोजी भइरहेको बताइएको छ । हाल यो विकासको क्रममा छ ।

 त्यसैले यसको बारेमा केही भनिहाल्नु उचित नहुने ट्वीटरले बताएको छ । किनकि, अन्त्यमा यो कस्तो बन्नेछ भन्ने केही पनि बताउन सकिँदैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै