• २०८१ बैशाख ८ शनिबार

अत्तरियालाई पराजित गर्दै महेन्द्रनगरको पहिलो जित 

kharibot

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिगको आज भएको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले सिवाईसि अत्तरियालाई पराजित गरेको छ ।

वर्षाले प्रभावित हुदा ६-६ ओभर खेलाइएको खेलमा अत्तरियाले दिएको ५५ रनको लक्ष्यलाई महेन्द्रनगरले ५.४ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

महेन्द्रनगरका लागि सुब्रमन्यम आनन्दले १७ र आरिफ सेखले १५ रन बनाएका थिए । त्यस्तै अत्तरियाका भिम सार्कीले २ विकेट लिएका थिए ।

यसआघ टस जितेर पहिला ब्याटिंग गरेको अत्तरियाले ६ ओभरमा ५ विकेट गुमाउदै ५४ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेलले सर्वाधिक १९ रन बनाए भने जयकिसन खोल्सावाला र दिपेन्द्र सिंह ऐरीले १०-१० रन बनाएका थिए ।

महेन्द्रनगरका अविनाश बोहोरा र सागर ढकालले २-२ विकेट लिएका थिए ।

महेन्द्रनगरले यो सँगै ५ खेलमा एक जित, २ मा हार र २ खेल वर्षाले रद्ध भएपछि कुल ४ अंकसहित समुह चरण का खेल सकाएको छ । महेन्द्रनगर क्वालिफायरमा पुग्ने नपुग्ने अब अन्य टिमको नतिजाको आधारमा तय हुने छ । 

त्यस्तै अत्तरियाको भने ३ खेलमा २ जित र एक हारका साथ ४ अंक रहेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै