• २०८१ बैशाख ८ शनिबार

स्ववियु निर्वाचनको तालिका सार्वजनिक नभएकोमा सत्तारूढ विद्यार्थी संगठनको आपत्ति

kharibot

काठमाडौँ । त्रिविले फागुन १४ गते स्ववियु निर्वाचनको घोषणा गरे पनि कार्यतालिका घोषणा नगरेपछि, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयविरुद्ध  आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

त्रिभुवन  विश्वविद्यालय आफैले तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको  मिति नजिक आइपुग्दा पनि  निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै स्ववियुले आपत्ति जनाएको हो ।

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न यसअघि नै अल्टिमेटम दिएको भन्दै, स्ववियु निर्वाचनको नयाँ मिति सहितको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न दबाब दिन फागुन ६ गते त्रिवि उपकुलपतिको कार्यालय घेराउ र फागुन ७ गते देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शनसहित घेराउ गर्ने बताएका छन् ।

त्रिविले यही फागुन १४ गते स्ववियु निर्वाचनको घोषणा गरे पनि कार्यतालिका घोषणा नगरेपछि अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति प्रकाशित गरि प्रदर्शनबारे प्रस्ट पारेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै