• २०८१ बैशाख ८ शनिबार

कृषि विकास बैंकले कर्जाको व्याजदर घटायो 

kharibot

काठमाडौँ । कृषि विकास बैंकले कर्जामा लिदै आएको व्याजदर घटाएको छ ।  बैंकले फागुन १ गतेदेखि नै लागु हुने गरि अहिले लिदै आएको ब्याजदरमा १ प्रतिशत घटाएको जानकारी दिएको छ ।  

बैंकले भनेको छ, 'यसै सन्दर्भमा बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी कृषि विकास बैंकको संचालक समितिको माघ २८ गतेको निर्णय अनुसार फागुन १ गतेदेखि नै लागु हुने गरी कर्जाको व्याज दरमा आम ग्राहकहरु आकर्षण हुने गरी बैंकले लिई आएको साविक कर्जाको व्याजदरमा १ प्रतिशतले घटाएको छ ।' 

त्यसै गरी निक्षेपको व्याजदरमा  निक्षेप कर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा १.५ प्रतिशत थप हुने गरी बृद्धि गरेको बैंकले जानकारी दिएको छ ।   


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै