• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा सामान्य गिरावट 

kharibot

काठमाडौं । साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्से घटेको छ । नेप्से तीन दसमलव १५ अंकले घटेर ११ सय नौ दसमलव ७२ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव ७६ अंकले घटेर दुई सय ३६ दसमलव १६ बिन्दुमा झरेको छ । 

एक सय ७३ वटा कम्पनीहरुको पाँच हजार एक सय ५१ वटा कारोवारमा आठ लाख २८ हजार आठ सय ५३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २१ करोड सात लाख ३२ हजार एक सय ४७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार हुंदा आठ वटा समुहले गुमाएपनि तीन वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ९२ अंकले घटेर नौ सय ५४ दसमलव २८ बिन्दुम झर्दा जलबिद्युत समुहको सुचक आठ दसमलव ३४ अंकले घटेर ११ सय २३ दसमलव ३८ बिन्दुमा झरेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक नौ दसमलव  पाँच अंकले झरेको छ भने जीवन बीमा समुहको सुचक ५३ दसमलव ७५ अंकले झरेको छ ।

यि बाहेक ट्रेडिङ, फाईनान्स, अन्य र लघुबित्त समुहको कारोवार सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज तीन दसमलव ६८ अंकले बढेर १४ सय २० बिन्दुमा चढेको छ । यसैगरी होटल र उत्पादनमुलक समुहको सुचक पनि क्रमश पाँच दसमलव पाँच र छ दसमलव २५ अंकले बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको चौतारी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८७ पैसाले बढेर चार सय १२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको कञ्चन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ८३ पैसाले घटेर एक सय ५० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभु बैकको प्रतिकित्ता दुई सय २७ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ९० लाख ३३ हजार चार सय १७ रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै