काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले दुई सय करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । जारी मिती फागुन सात गते मंगलबार तोकेर उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागेको राष्ट्र बैकले जानकारी दिएको छ ।
ट्रेजरी खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनु पर्ने छ । ९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुने मिती भने बिसं २०७६ साल जेठ सात गते रहेको छ ।
राष्ट्र बैंकले यसअघि यही माघ २८ गते ९१ दिने अवधिको दुई सय ५३ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।