• २०८१ बैशाख ८ शनिबार

जिरोनासँग रियल म्याड्रिड पराजित, रामोसले पाए रातो कार्ड  

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासँग पराजित भएको छ । आज भएको खेलमा रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा जिरोनासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

जिरोनाका लागि क्रिस्टियन स्टुआनी र पोर्टूले एक एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि कासमेरोले एक गोल गरेका थिए ।

खेलको २५औ मिनेटमा कासामिरोको गोलबाट अग्रतालिएको घरेलु टिम म्याड्रिडले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

खेलको दोस्रो हाफमा जिरोनाले २ गोल गरेको थियो । खेलको ६५औ मिनेटमा रियलका कप्तान सर्जियो रामोसले आफ्नो डी बक्स भित्र ह्यान्ड गरेपछि जिरोनाले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई स्टुआनीले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि जिरोनाका पोर्टूले खेलको ७५औ मिनेटमा गोल गर्दै जिरोनालाई २-१ को अग्रता दिलाएका थिए ।

खेलको ९०औ मिनेटमा रियलका कप्तान सर्जियो रामोसले दोहोरो पहेलो कार्ड पाएपछि उनी मैदान बाहिर हुदा रियल १० खेलाडीमा सिमित भएको थियो । रामोस ला लिगाको इतिहासमा सबै भन्दा अबधि रातो कार्ड पाउने खेलाडी बनेका छन् । योसँगै रामोसले १९ पटक रातो कार्ड पाएका छन् ।

हर पछि रियल ला लिगाको तेस्रो स्थानमा नै कायम रहेको छ । २४ खेलमा ४५ अंक रहेको रियल शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ९ अंकले पछाडी रहेको छ । त्यस्तै जिरोना भने २४ खेलमा २७ अंकसहित १५औ स्थानमा उक्लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै