• २०८१ बैशाख ५ बुधबार

धादिङमा डण्डीबियो प्रतियोगिता शुरु

kharibot

धादिङ । लोपोन्मुख अवस्थामा रहेको नेपाली पहिचानसहितको डण्डीबियो खेलको धादिङबेसीमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको छ । 

धादिङबेसीस्थित खुलामञ्चमा जिल्ला समन्वय समितिको प्रमुख जगन्नाथ नेपालले उक्त प्रतियोगिताको आज डण्डीले बियो हानेर उद्घाटन गरे । डण्डीबियो संस्कृति जोगाउन तथा मौलिक खेलका रुपमा विकास गर्न डण्डीबियो सङ्घ र नेपाल स्काउट धादिङले संयुक्त रुपमा आयोजना गरेको हो ।

प्रतियोगितामा जिल्लाका ४१ विद्यालयले भाग लिएका छन् । सो प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिने नेपाल स्काउट धादिङका समन्वय आयुक्त शिव सापकोटाले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै