• २०८१ बैशाख १४ शुक्रबार

टेलिकमको भवनबाट खसेर मृत्यु

kharibot

फाइल तस्बीर

काठमाडौँ । बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आइतबार एक कामदारको मृत्यु भएको छ । 

टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौँ तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय नारायणलाल राठौरको मृत्यु भएको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ । 

प्रहरीका अनुसार अपराह्न टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेका राठौरको उपचारका लागि नर्भिक अस्पताल पुर्याउने क्रममा मृत्यु भएको थियो । राठौरको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै