• २०८१ बैशाख ८ शनिबार

यस्तो पनि फुटबल : थेरापिष्टसहित ७ खेलाडी मैदानमा उत्रिए, खाए २० गोल ! 

kharibot

प्रो-पियासेनजाका सात खेलाडी ।

काठमाडौँ । फुटबलमा कहिले काँही रोचक घटना हुने गर्दछन् । यस्तै रोचक घटना इटालीमा घटेको छ । इटालीको सी लिगको एक खेलमा प्रो-पियासेनजालाई कुनएओले २०-० गोल अन्तरले पराजति गरेको छ । कुनएओले पहिलो हाफमा १६ गोल गरेको थियो भने दोस्रो हाफमा ४ गोल गर्दै २०-० ले पराजित गरेको थियो । 

यो त भयो खेलको कुरा तर २०-० गोल अन्तरले पराजित प्रो पियासेनजाबाट खेल्ने खेलाडीले आफ्नो तलब नपाएका कारण खेल खेल्न नै अश्विकार गरेका थिए । खेलाडीले खेल खेल्न अश्विकार गरेपछि फिफाको नियम अनुसार कम्तिमा ७ खेलाडी पुर्याउन क्लबले ६ जुनियर खेलाडीलाई समावेश गरेको थियो भने एक जना टिमको मसाज थेरापिष्टलाई खेलाइएको थियो । साथै १९ बर्षिय निकोला किरिगलिआनोलाई प्रशिक्षक बनाएर खेलाइएको थियो । यति मात्र होइन आठौ खेलाडी उपलब्ध भएपनि उनले आफ्न कागजपत्र ल्याउन बिर्सेकाले उनी खेल्न पाएका थिएनन् ।  

खेलमा कुनएओका एक खेलाडीले ६ गोल गरे भने अर्का खेलाडीले ५ गोल गरेका थिए । कुनएओले पछिल्लो २४ खेलमा जम्मा १८ गोल गरेको थियो भने यस खेलमा पात्र २० गोल गरेर नयाँ रेकर्ड समेत बनायो ।

प्रो-पियासेनजा क्लबले यसअघि लगातार ४ खेलमा आफ्नो खेलाडीलाई मैदानमा उतार्न असमर्थ भएको थियो । फिफाको नियम अनुसार कुनै पनि लिगमा ५ पटकसम्म खेल नखेले लिगबाट प्रतिबन्धमा पर्ने भएकाले क्लबले जुनियर खेलाडी र फिजियो थेरापिष्टलाई टिममा समावेश गरेर खेल खेलाएको बताइएको छ ।
  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै