१० करोड वर्ष अघिका सिकारी माकुराका आँखाहरू चम्किरहेका भेटिए

खरीबोट

काठमाडौँ । झन्डै १० करोड वर्ष अगाडिका प्राचीन सिकारी माकुराको अवशेष पुरिएको अवस्थामा फेला परेको छ । 

अचम्मको कुरा, यी माकुराका आँखाहरू अझै पनि जीवित जस्तै गरी चम्किरहेका भेटिएका छन् । एक इन्चभन्दा पनि कम आकारका यी प्रजातिका माकुराहरू पृथ्वीमा झन्डै १० करोड ६० लाख वर्षदेखि ११ करोड २० लाख वर्ष पूर्व अस्तित्वमा रहेको अनुसन्धानकर्ताहरूले जनाएका छन् |

दक्षिण कोरियाको एक स्कुले बच्चा र प्राचीन अवशेषहरूको खोजकर्ता काय सु नामले क्रिटासियस कालका चट्टानहरूमा माकुराका यस्ता जीवाश्महरू फेला पारेका हुन् ।

फेला परेका १० माकुराहरूको अवशेषमाथि क्यान्सस विश्वविद्यालयमा गरिएको अध्ययनपछि प्रोफेसर पल सेल्ड़ेनले विशेष खालका काला चट्टानहरूमा संरक्षित भएका कारण झट्ट हेर्दा उनीहरूको ठूलाठूला आँखाहरूमा पहिले ध्यान गएको संचारमाध्यमलाई जनाएका छन् ।

अन्य जनावरका तुलनामा माकुराहरूको अवशेष प्राप्त गर्नु एकदमै दुर्लभ मानिन्छ । किराहरूजस्ता नरम शरीर भएका प्राणीहरू चाडै कुहिने हुनाले हाड र दाँत भएका अन्य ठूला जनावरहरूजस्तो चट्टानहरूमा संरक्षित भएर बस्दैनन् ।

वैज्ञानिकहरूले यी माकुराहरू रातमा सिकार गर्ने गरेका पत्ता लगाएका छन् । निशाचर यी माकुराका आँखा राती बिरालोको जस्तै प्रकाशमा प्रतिबिम्बित हुने वैज्ञानिकहरूले जनाएका छन् ।


 

सम्बन्धित समाचार

म्यानचेस्टर डर्बी सिटीले जित्यो, प्रिमियर लिग थप रोचक बन्दै 

काठमाडौँ । इङलिश प्रिमियर लिगको म्यानचेस्टर डर्बी सिटीले जितेको छ । गएराती सम्पन्न युनाइटेडको घरेलु मैदानमा भएको खेलमा सिटी ले युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको

रोचक बन्दै प्रिमियर लिग, लिभरपुल फेरी शिर्ष स्थानमा 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तिम चरणमा पुगिरहेका बेलासम्म रोचक बन्दै गएको छ । अघिल्लो दिन म्यानचेस्टर सिटीले टोटोनह्यामलाई पराजति गरेर शिर्ष स्थानमा उक्लिएकोमा गएराती सम्पन्न खेल जितेर लिभरपुल फेरी

रोचक बन्दै प्रिमियर लिग लिभरपुल र सिटी दुवै विजयी 

काठमाडौं । इङलिश प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो

‘ब्रेन डेड’ भएकी महिलाबाट बच्चाको जन्म ! 

काठमाडौँ । पोर्चुगलमा गत डिसेम्बर देखि ब्रेन डेड यानी मानसिक रुपमा मृत महिलाले बच्चाको जन्म दिएकी छन् । २६ बर्षिय महिला खेलाडीले आइतबार बच्चाको जन्म दिएपछि उनलाई मृत घोषित गरिएको थियो


z