• २०८१ बैशाख ६ बिहीबार

१० करोड वर्ष अघिका सिकारी माकुराका आँखाहरू चम्किरहेका भेटिए

kharibot

काठमाडौँ । झन्डै १० करोड वर्ष अगाडिका प्राचीन सिकारी माकुराको अवशेष पुरिएको अवस्थामा फेला परेको छ । 

अचम्मको कुरा, यी माकुराका आँखाहरू अझै पनि जीवित जस्तै गरी चम्किरहेका भेटिएका छन् । एक इन्चभन्दा पनि कम आकारका यी प्रजातिका माकुराहरू पृथ्वीमा झन्डै १० करोड ६० लाख वर्षदेखि ११ करोड २० लाख वर्ष पूर्व अस्तित्वमा रहेको अनुसन्धानकर्ताहरूले जनाएका छन् |

दक्षिण कोरियाको एक स्कुले बच्चा र प्राचीन अवशेषहरूको खोजकर्ता काय सु नामले क्रिटासियस कालका चट्टानहरूमा माकुराका यस्ता जीवाश्महरू फेला पारेका हुन् ।

फेला परेका १० माकुराहरूको अवशेषमाथि क्यान्सस विश्वविद्यालयमा गरिएको अध्ययनपछि प्रोफेसर पल सेल्ड़ेनले विशेष खालका काला चट्टानहरूमा संरक्षित भएका कारण झट्ट हेर्दा उनीहरूको ठूलाठूला आँखाहरूमा पहिले ध्यान गएको संचारमाध्यमलाई जनाएका छन् ।

अन्य जनावरका तुलनामा माकुराहरूको अवशेष प्राप्त गर्नु एकदमै दुर्लभ मानिन्छ । किराहरूजस्ता नरम शरीर भएका प्राणीहरू चाडै कुहिने हुनाले हाड र दाँत भएका अन्य ठूला जनावरहरूजस्तो चट्टानहरूमा संरक्षित भएर बस्दैनन् ।

वैज्ञानिकहरूले यी माकुराहरू रातमा सिकार गर्ने गरेका पत्ता लगाएका छन् । निशाचर यी माकुराका आँखा राती बिरालोको जस्तै प्रकाशमा प्रतिबिम्बित हुने वैज्ञानिकहरूले जनाएका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै