• २०८१ बैशाख ८ शनिबार

स्ववियु निर्वाचन चैत्रभित्र गर्न शिक्षामन्त्रीको प्रस्ताव 

kharibot

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैत महिनाभित्रै स्ववियु चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले चैतभित्रै स्ववियु चुनाव गराउन प्रतिपक्षी दलसहित सबैको सहमति जुट्नुपर्ने बताएका छन् ।

नेकपाकी सांसद रामकुमारी झाक्रीको स्ववियु चुनाव कहिले हुन्छ भन्ने प्रश्नको जवाफ दिदै मन्त्री पोखरेलले भने ‘फागुनभित्र हामीले ढिलो चाँडो चुनाव गरिसक्नुपर्ने आवश्यकता हो, र प्राथमिकता हो । चैतभित्र स्ववियु चुनाव गराइसकौं, सहमति गरौं यसमा’ उनले भने ‘चैतपछि वैशाखमा शैक्षिक सत्रलाई प्रभावित गर्ने गरी नजाऔं, प्रणालीगत रुपमा यसलाई पनि हल गर्न जरुरी छ । ’

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा दुई वर्षअघि निर्वाचित भएको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल यही फागुनमा सकिदैछ । 

शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले स्ववियु चुनावको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सरोकारवालासँग छलफल गरिसकेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै