• २०८१ बैशाख १२ बुधबार

तारासँग अफ्येर्समा सिद्धार्थ मल्होत्रा !

kharibot

काठमाडौं । बलिवुड अभिनेता सिद्धार्थ मल्होत्राले अभिनेत्री तारा सितोरियासँग डेट गरिरहेको खुलासा भएको छ ।

हालै एक टेलिभिजन शोमा अभिनेत्री तारा सितारिया आफैले खुलासा गरेकी छन् । अन्तर्वार्ताका क्रममा ताराले आफुलाई सिद्धार्थ बलिवुडमा सबै भन्दा राम्रो लाग्ने अभिनेता भएको बताएकी छन् । त्यस्तै सोहि अन्तर्वार्ताका क्रममा अभिनेता टाइगर सराफलाई अभिनेता सिद्धार्थबाट के चोर्न चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा टाइगरले ताराको नाम लिएका थिए । 

हाल स्टुडेन्ट अफ द इयरको सिक्वेलमा अभिनेता टाइगर सराफ र अनन्या पाण्डेसँग अभिनय गरेकी तारालाई बलिवुडमा नयाँ प्रतिभावान अभिनेत्रीको रुपमा हेरिएको छ ।

त्यसै गरि अभिनेता सिद्धार्थ मलहोत्रा भने अभिनेत्री आलिया भट्टसँगको ब्रेकअपपछि तारालाई डेट गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै