• २०८१ बैशाख ८ शनिबार

कुनै पार्टीमा पनि महिलामैत्री वातावरण छैन - रंगमति शाही, सांसद, प्रतिनिधिसभा 

kharibot

काठमाडौँ । हुम्लाको सर्केगार्ड गाउँपालिकामा २०३५ सालमा जन्मेकी रंगमति शाही हुम्लाको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य छिन् । उनले हिमज्योति मावि सर्केगार्डमा पढेकी हुन । घरबाट लगभग ओरालो छिटो जादाँ आधा घण्टा र आउदा १ घण्टा समय लाग्थ्यो हिमज्योति पुग्न । 

उनले क, ख सिक्दा एउटा पार्टी बोकेर डिब्बामा तेल, तेलमा माटो हालेर लेख्ने गरेको सम्झिन्छिन् । पाटी भनेको काठको बनाएको तेल लगाएर माटोले पछि लेप्न मिल्ने खालको हुन्थ्यो । त्यसरी पढ्न सुरु गरेको हुन् । बिचमा नेपालगञ्ज आएर एसएलसी पास गरेर इन्टर गरेकी हुन । ब्याजलर सँगै उनी राजनीतिमा लागिन । 

सुरुमा नेपाली काँग्रेसको साधरण सदस्य, क्रियाशील सदस्य, नेपाल महिला संघको जिल्ला अध्यक्ष, बाह्रौँ महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघको केन्द्रीय सदस्य र तेह्रौं महाधिवेशनमा महासमिति सदस्य हुँदै अहिले संसदीय दलको कर्णाली प्रदेशबाट सदस्य छिन् । 

राजनीतिमा  प्रेरित 

मलाई सानै देखि महिला अधिकारकर्मी भएर काम गर्न मन लाग्थ्यो । महिला अधिकारको आवाज उठाउदै गर्दा कसै गरेपनि कहि गए पनि आवाज नसुन्ने, महिलाहरुले न्याय नपाउने, लडाई गर्ने मान्छे त्यो ठाँउमा नपुगुनजेल कसैले पनि कुरा नस्ुन्दो रहेछ ।  एउटा घटना लिएर प्रशासनमा गयो । त्यो घटना दर्ता नलिने, मिलापत्र हुने, नेताहरुको सोर्सफोर्स लाग्ने, अधिकारकर्मी अधिकारको क्षेत्रमा काम गर्दै गर्दा त्यसको सुनुवाई नहुने हुन्थ्यो । त्यसपछि उनलाई लाग्यो मैले राजनीतिक तहमा यो ठाँउमा पुग्नै पर्छ । मैले त्यहाँ पुगिन भने जति आफ्ना ज्यान दिए पनि महिलाहरुको लागि लडेर केही गर्न सक्दिन भन्ने लाग्यो । अव मैले राजनीति गर्छु । राजनीतिबाटै यस्ता आवाज उठाउन आवाज सुन्ने पदमा हुनुपर्छ भन्ने लागेर राजनीतितिर लागे । 

नीतिनिमार्ण तहमा महिलाका भुमिका 

म आफैले धेरैकुरा पनि भोग्दै आएको मान्छे । उपभोत्ता समितिमा बस्दै गर्दा महिलाको प्रतिनिधि हुन्थे तर मेरा नियर्णहरु कार्यान्वयन हुदैनथ्यो ।  नेपाली काङ्ग्रेसको जिल्ला कमिटीमा हुँदै गर्दा महिला भएकै कारण मेरा निणर्यहरु लागु हुदैनथे । अहिले पनि यो ठाउँमा पुगियो । मैले केही न केही गर्छु भन्ने मेरो सोच थियो । पतिपक्षमा बस्नुपर्दा छुट्टै पीडा भयो । जुन मेरो जोस जागर र आट थियो । सांसद नहुदै महिलाहरुको विश्वास जितेको थिए । जुन भरोसको साथ आएको थिए । एक वर्षमा त्यो किसिमका काम गर्न सकिन ।

प्रतिपक्षको सुनुवाई हुदैन । तर पनि आवाज उठाउने कुरामा पछि परेको छैन । लागु होला नहोला आफ्नो ठाँउमा छ । 

नीतिनिर्माण तहमा अहिले महिलाहरु कुनै पनि पार्टीमा आरक्षण भन्दा माथि गएकै छैनन् । सातवटै प्रदेशमा एउटा मुख्यमन्त्री महिलासम्म दिन सकेको छैन । केन्द्र सरकारमा पनि महिलाको अवस्था कमजोर छ । जति भाषण गर्दै पार्टी भन्दै हिडेपनि यो ठाउँमा पुग्दा पनि यस्तो हालत छ भन्ने खालको फिलिङ मलाई भएको छ । 

कर्णलीका महिला

कर्णालीका महिलालाई के छैन भन्नु पर्छ । सबै किसिमका हिंसा छ । एउटा हिंसा नभएको भनेको दाइजो प्रथा कर्णालीमा त्यति छैन ।  अरु के छैन ? छाउपडी प्रथा, सुत्केरी प्रथा, बहुपति प्रथा, घरेलु हिंसाको त कुरै नगरौं । बहुबिबाह, भोगिरहेका नै छन । रोगभोक देखि लिएर सबै समस्याले ग्रसित छन । काठमाडौंमा त यो हालत छ हाम्रो कर्णालीमा के होला ? 

एउटा सुत्केरी हुन्छ । बेथा लाग्छ । भित्र बच्चा मरिरहन्छ । जन्माउन सक्दैन । मौसम बिग्रिएको छ भन्छ । भक्खरै मात्रको घटना भगवानले माया गरेर बच्चा बचाउन नसके पनि आमा चाहिँ बच्यो । ज्यान गुमाउने त कति छन,कति छन ।  छाउगोठमा बलात्कृत हुने त कति छन, कति छन । सञ्चारको पहँुच छैन । पहँुच नभएपछि धेरै घटनाहरु त बाहिर आउदै आउदैन ।

सहजताको लागि पहल

विकास समितिबाट पनि आवाज उठाइरहेको छु । सकारले फोरजिको कुरा गर्ने भ्रष्ट्राचार गर्ने, कर्णालीले हेलो भन्न पाएका छैनन । नेटइन्टरनेट त परको कुरा कमसेकम कुनाकाप्चामा बसेर जनताले हेलो गर्न त पाओस्  भन्ने मेरो आवाज हो । माग हो ।  अव त्या पनि प्रधानमन्त्री ओलीले घटना भएको ठाउँमा सरकार पुगि हाल्यो समातिहाल्यो भनेर भाषण गर्दैमा ठिक्क छ ।  कसरी के गर्ने भन्ने कुरा सरकारले सोच्दैन । हामीले सोचेर हाम्रो पहँुच छैन ।  

सरकारको कार्यशैली 

सुरुमा सय दिनको सरकारको उपलब्धि पर्यटनमन्त्री रविन्द्र अधिकारी सय दिनमा हामीले वाइडबडि ल्यायौं भने सदनमा त्यसपछि खरिद गरेको हो कि भाडामा ल्याएको आफै भने, त्यसपछि मेरो पालोमा पैसा नै गएको छैन भने ।सदनमा नै आएर अहिले मेरो पालामा होइन भने । 

वाइडबडि प्रकरण भन्दा अहिले हाम्रो पालामा होइन पहिले नै सुरुवात भएको थियो ।  त्यसरी राम्रो कुरा चाहिँ आफु जस लिन खोज्ने सरकार नराम्रो कुरा अर्कोतिर थुर्पाछ ।  जस्तै सदनमा हामीले सरकारलाई बाटो खाल्टाखुल्टी पर्यो भनेर सोध्दै गर्दा प्रम ओलि खाल्डाखुल्टी पार्ने सरकार हो ? भनेर जवाफ दिनु भयो । महगीं बढ्यो भन्दा आफु सानो छदाँ ९० रुपयाँ तोला सुन थियो भन्ने जस्ता गैरजिम्मेवारी ढंगले जवाफ आउछ । 

युवा स्वरोजगार कार्यक्रम घोषणा भएको छ । कुनै युवा पनि बेरोजगार बस्नु पर्दैन भनेको छ । कहाँ कलकारखाना खोलिएका छन ? कहाँ उद्योगधन्दा खोलिएका छन ? कहाँ गएर कसरी दिन्छ रोजगारी ? के खल्तीमा राखेको होला र सरकारले चाहेको बेला रोजगार दिन सक्ने भाषण गर्न, गफ गर्न र ढाट्नमा ठिक्क भयो सरकारलाई । अव केही गर्ला भन्ने चाहि आस छैन । मलाई मात्र होइन सत्ता पक्षमा सांसदले नै मन मारीसकेका छन । सरकार आफु त डुब्यो हामीलाई पनि डुबायो भन्नुहुन्छ सत्तापक्षका सांसदहरु । तपाईहरु गालि गर्नसम्म त पाउनु हुन्छ । न हिड्न दिएको छ न बोल्न दिएको छ ? हामी भन्दा पनि पीडामा त अझ सत्तापक्षका सांसदहरु छन ।  तर उहाँहरु बाहिर बोल्न मिल्दैन के गरौं ? हामीलाई बाधेर राखिएको छ भन्नु हुन्छ ।   

यहाँ रेलमार्ग जलमार्गका कुरा छन । कर्णालीमा एउटा बाटो मात्र पुर्याउन सकेको छैन । मेरो जिल्ला हुम्ला अझै बाटो जोडिएको छैन । हामीलाई रेल, जलमार्ग पानी जहाज किन चाहिएको छ ? फोर जिभन्दा पहिला हामीलाई हेलो गर्न पुगोस । अहिले कर्णालीको आवश्यकता त्यो हो ।  अहिले हामीलाई एउटा गाडी चढ्न पाए पुग्छ रेल होइन । काठमाडौं भित्र हिड्नेबाटो गतिलो छैन । रेल ल्याएर यहाँ के हुन्छ ?

रेल नराम्रो हो, ल्याउनु हुदैन भन्ने रेलको विरोधी होइनौं । भनाई के हो भने रेल आओस तर पनि पहिला त जनताले आवाजजावत गर्ने बाटोको सुविधा हुनुपर्छ ।  प्रामिकता निर्धारण गर्नूपर्छ भन्ने हो । प्राथामिकता त बाटोलाई दिनुपर्छ । 

प्रामिकता पानीजहाजलाई दिने रेललाई दिने मान्छेलाई बाटोमा राम्रोसँग हिड्न पाएको छैन । बाटो गतिलो नभएर मात्र पनि दुर्घटना हुने गर्छ ।  

मन्त्री सार्वजानिक गाडि चढ्नु पर्यो । अनि मात्र थाहा हुन्छ । झण्डा हल्लाएर थाहा हुदैन नी । हिउँदे अधिवेशनको सम्बोधन गर्दै गर्दा सरकारको तर्फबाट प्रचण्डले भन्नुभयो अव त धुवाधुलो हटेछ । माक्स लगाउनै छोड्दिउ । कहाँनेर बाटो बनेको छ ? सरकारलाई ढाट्दै ठिक्क हुन्छ । सरकारले भष्ट्राचार गरेर कमाएर खाइसक्यो । पैसा कमाउन पाएपछि भोलि चुनाव लडेपनि जित्ने नै भए । 

हामी जस्ता एउटा ग्रामीण लेवलबाट राजनीति गर्दै आउने सोझासाझा विकास चाहानहरु, न्याय चाहनहरुको हो हार हुने । आज जताततै सरकारको विरोधै मात्र छ ।  के राम्रो गर्दा गर्दै विरोध गरेको हो र ? आज जनताले खानेपानी पाएको छैन । हिड्ने बाटो पाएको छैन । सिटामोल पाएको छैन । कणार्लीको जनता काठमाडौं आउदै गर्दा सरकारी अस्पतालमा एउटा वेड पाउन सक्दैन । एउटा सिटामोल पाउन सक्दैन । आज जनताको हालत के छ ? 

निर्मला प्रकरण

गृहमन्त्रीले थोरै मात्र बाँकी छ हातपरिसक्यो भनेर आँखामा कसिङ्गर हालेको मात्र हो ।  सरकार आफै दोषि भएको हुँदा यो प्रकरणको दोषि बाहिर आउदैन । भ्रष्ट्राचारी बलात्कारी सरकार हो भनेर जनताले भन्न थालिसकेका छन । बोलिरहेका छन । 

सरकारलेले हत्याहिंसा र बलात्कारलाई घटाउनुको सट्टा प्रश्रय दिएको छ । घट्ने देखिदैन । नीतिनियम छैन । भ्रष्ट्राचार खुलमखुला भइरहेको छ । वडास्तरमा एताउता जता गएपनि त्यहिँ बाटो देखाएर ठगिरहेका छन । संरक्षक को त देशमा भ्रष्ट्राचार मौलाएको छ । जिम्मेवारी र अभिभावकत्व सरकारले लिनुपर्नेमा पछाडि हट्दैछ । 

पार्टीमा महिला 

महिलामैत्री कुनै पार्टी पनि छैन । आरक्षण सिट भन्दाबढि एकजना महिलाले पाउदैन । केन्द्रिय कार्यसमितिमा एक जना सुजता कोइराला मात्र प्रत्यक्ष जितेर आउनुभयो ।  महालक्ष्मी उपाध्यायलाई पुरुषहरुले हदैसम्म गराएर हराएरै छाडे । यस्तो अवस्थालाई  महिलामैत्री छ भन्न मिल्दैन । 

महाधिवेशन हुदै गर्दा जिल्ला जिल्ला बाट कोटाबाहेक बढि एकजना महिला आउदैन । महासमिति सदस्य कोटा भन्दा एक जना बढि आउन सक्दैन । नेपाली काँग्रेस  मात्र नभएर कुनै पार्टीमा पनि महिलामैत्री वातावरण छैन । 

सांसदको अनुभव 

अधिकारको क्षेत्रमा काम गर्दैगर्दा म त्यो पदमा छैन मेरो सुनुवाई भएन भने जस्तो अनुभव हुन्थ्यो । पदमा पुगेपछि मेरो कुरा सुन्छन लागु हुन्छ जस्तो लाग्थो । अव त्यहाँ पुग्दा पनि त्यहि पीडा रह्यो । प्रतिपक्षमा रहदा भन्न पाइएको छ त्यति मात्रै हो । भएको केही छैन । 

के भन्ने नभने जस्तो फिल हुन्छ । गर्नै सकेन भनौं जनता केको लागी गएको थिस भन्ने त्यहाँ सत्ता पक्षले कुरै सुन्दैन । राम्रो कुरा गर्दा पनि प्रतिपक्षले बोलेको भनेर सोच्छ । 

संसदमा पनि कर्णालीका पीडा बोल्ने हो । कुनै राजनीतिक पुर्वाग्रह राखेर काम गर्दिन । कहिलेकाही पार्टीको नीतिनियम अनुसार बोल्नुपर्छ । अहिले सांसद हुनु र नहुनुमा केही फरक छैन जस्तो लाग्न थालेको छ । 

महिलाहरुले सांसद भएपछि हाम्रै लागी धेरै नीतिनियम बनाउछ भन्ने आस थियो । अव मेरो तौल पनि घट्यो जस्तो लाग्छ । के गरेर आइस भन्ने हुन जनताले तर यस्तो समस्या छ भनेर जनताले बुझिदिउन भन्ने हो । 

 कर्णालीका महिलाको लागि पहल 

छाउपडिको अन्त्यको लागि विन्दा पाण्डेसहित ५ जनाको समिति बनेको छ । छाउगोठ हुनुहुदैन भनेर सांसदहरु मिलेर बनाएको हो । छाउपडि विरुद्ध सार्वजनिक महत्वको विषयमा दर्ता गर्ने कुरा भएको छ । सर्मथक छु आवश्यक कुरामा मलाई पक्षप्रतिपक्ष भन्ने लाग्दैन ।  

छाउगोठ जस्ता कुरामा पक्षप्रतिपक्ष भएर बस्नु हुदैन । चाहिने त विकास हो । जसले गरे पनि विकास गर्ने हो ।  यसको लागि वडास्तरदेखि केन्द्र लेवलसम्म कस्तो किसिमको कार्यक्रमहरु राख्ने कसरी न्युनिकरण गर्ने ? जसरी भएपनि छाउगोठलाई हटाउनुपर्छ भनेर लागेकी छु । आफु छाउगोठमा बसेर आएको हँुदा पीडालाई आफैले नियालेकी छु । म पछिको पुस्ताले भोग्नु नपरोस भनेर मनैदेखि केही त गर्नुपर्छ भनेर आएको हो । 

अन्त्यमा,

मिडियाले दुरदराजको आवाज बाहिर ल्याउनु पर्यो । काठमाडौंबाट हेर्दा त्यहाँको पीडा सानो देखिन्छ । तर भोग्नेलाई थाहा हुन्छ कति ठुलो पीडा छ भन्ने कुरा । यस्ता विशेष जोड दिएर पीछडिएको ठाउँको पिडाका कुरा ल्याउन सकियो । सबैलाई राम्रो हुन्छ । हित हुन्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै