• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा दोहोरो अंकले गिरावट

kharibot

काठमाडौ । नेप्सेको उच्च अंकको गिरावटले साताको दोस्रो कारोवार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । आज नेप्से सात दसमलव २१ अंकले घटेर ११ सय दुई दसमलव ५१ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव आठ अंकले घटेर दुई सय ३४ दसमलव ३६ बिन्दुमा झरेको छ ।

एक सय ६१ कम्पनीहरुको पाँच हजार एक सय ४७ वटा कारोवारमा आठ लाख ७६ हजार दुई सय आठ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २३ करोड ४५ लाख ९४ हजार तीन सय ८१ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा होटल र उत्पादनमुलक समुहको कारोवार सुचक झिनो अंकले बढेपनि बाँकी समुहको कारोवार सुचक उच्च अंकले घटेकाछन् । 

सो मध्ये बाँणिज्य बैंक समुहको कारोवार सुचक आठ दसमलव तीन अंकले घटेर नौ सय ४५ दसमलव ९७ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक ११ दसमलव २४ अंकले घटेर १४ सय नौ दसमलव ४७ बिन्दुमा झरेको छ । जलबिद्युत समुहको सुचकपनि १२ दसमलव ५३ अंकले घटेर ११ सय ११ दसमलव ८५ बिन्दुमा झरेको छ । यि बाहेक लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेड्रिङ, फाईनान्स र अन्य समुहको कारोवार सुचक पनि अंकले घटेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको चौतारी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ७४ पैसाले बढेर चार सय ४८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ नौ पैसाले घटेर ८० रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवार आधारमा पहिलो स्थानमा परेको नबिल बैकको प्रतिकित्ता सात सय ४४ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड २३ लाख ९३ हजार चार सय २९ रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै