• २०८१ बैशाख १४ शुक्रबार

बारा दुर्घटनाका घाइते सिडिओ भट्टराईको निधन 

kharibot

काठमाडौँ । बारा दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी ((सिडिओ) गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए ।

गएको माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको ना १ झ १६३३ नम्बरको जीप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक रोकिराखेको ट्याक्टरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि घटनास्थलमै सशस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेलको निधन भएको थियो ।

गएको शनिबार एसपी पोख्रेल र प्रजिअ भट्टराईका परिवारले सवारी दुर्घटना रहस्यमय भएको भन्दै छानबिन गर्न माग गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईका भाइ नरेश भट्टराईले काठमाण्डौ पत्रकार सम्मेलन गर्दै घटना नियोजित भएको आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नुपरेको बताएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै