• २०८१ बैशाख १४ शुक्रबार

साधारण शेयर बिक्री गर्दै पाँचथर पावर कम्पनी

kharibot

काठमाडौँ । पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

सो अवधिमा शेयर बिक्री नभएमा आगामी चैत १२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता आयोजना प्रभावितलाई बिक्री गरेको भए पनि सात लाख ८७ हजार ७५० कित्ता शेयर बिक्री हुन सकेको थिएन ।

कम्पनीले कर्मचारीलाई ३५ हजार पाँच कित्ता र सामूहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा प्रणालीमार्फत आवदेन दिनसक्ने व्यवस्था गरिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

केयर नेपाल रेटिङले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औशतभन्दा कमजोर रहेको जनाएको छ । कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ  

प्रभु बैंकको शेयर मूल्य समायोजन

प्रभु बैंकले आज शेयर मूल्य समायोजन गरेको छ । बैंकले आठ प्रतिशत शेयर लाभांश दिएलगत्तै आज प्रतिकित्ता रु २१० मा मूल्य समायोजन गरेको हो । बैंकको औशत आधार मूल्य रु २७२ रहेको छ । यस्तै नेपाल स्टक एक्सचेञ्जमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख ४० हजार ४९८ बराबरको शेयर लाभांश सूचीकृत भएको छ ।

शिवम् सिमेन्टको साधारण शेयरको बिक्री शुरु

वास्तविक क्षेत्रसमेत पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि आकर्षित भएका छन् । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा नै वास्तविक क्षेत्रलाई समेत धितोपत्र बजारमा प्रवेश गराउने लक्ष्य राखेका कारण ती क्षेत्रले धमाधम साधारण शेयर बिक्री गर्न लागेका हुन् ।

यसै क्रममा शिवम् सिमेन्टले आजदेखि ४६ लाख ९९ हजार ६४० कित्ता शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता र मकवानपुरवासीका लागि पाँच लाख ७९ हजार ६४० कित्ता शेयर बिक्री शुरु गरेको हो ।

उक्त शेयरमा सर्वसाधारण तथा मकवानपुरवासीले कम्तीमा ५० कित्ताका दरले आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

यस्तै मकवानपुरबासीले पाँच लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्नसक्ने व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सि–आस्वा र आस्वा प्रणाली लागू गरेको बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आयोजना प्रभावितलाई भने मकवानपुरवासी भएको खुल्ने नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रका आधारमा सि–आस्वा प्रणालीमार्फत निवेदन गर्न सक्ने प्रावधान राखिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि अङ्कित मूल्य रु १०० मा रु २०० प्रिमियमसहित प्रतिकित्ता रु ३०० र मकवानपुरवासीका लागि अङ्कित मूल्य रु एक सयान प्रिमियम रु १०० सहित प्रतिकित्ता रु २०० का दरले शेयर खरीद गर्न पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको साधारण शेयर छिटोमा यही फागुन ९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । तोकिएबमोजिमको शेयर बिक्री नभएमा आगामी चैत ५ गतेसम्म आवेदन पाइनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै