काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत क्वालिफायरको समीकरण पुरा भएको छ ।
आज भएको खेलमा सिवाइसी अत्तरियाले विराटनगर किंग्सलाई पराजित गरेपछि समुहचरणको एक खेल खेल्न बाँकी हुदै क्वालिफायरको समीकरण पुरा भएको हो ।
अत्तरियाले दिएको १४९ रनको लक्ष्य पछाएको विराटनगर २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन मात्र बनाएपछि अत्तरियाले खेल १० रनले जितेको हो ।
अब यस सिजनको डिपिएलमा काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड क्वालिफायरमा पुगेका छन् भने विराटनगर किंग्स र धनगढी स्टार्स प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतियोगिताको अन्तिम समुह चरणको खेल मंगलबार काठमाडौँ गोल्डेन्स र सिवाइसी अत्तरियाबीच हुने छ । यस खेलले समुह चरणमा शिर्ष स्थानको टुंगो लगाउने छ ।
अहिलेसम्म काठमाडौँ गोल्डेन्सको ४ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ, त्यस्तै सिवाइसी अत्तरिया ४ खेलमा ६ अंकसहित दोस्रो तथा रुपन्देही च्यालेन्जर्स ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै महेन्द्रनगर युनाइटेडको ५ खेलमा ४ अंकसहित चौथो स्थानमा रहेको छ । ५ खेलमा ४ अंक नै रहेपनि रनरेटको आधारमा विराटनगर पाचौ स्थानमा रहेको छ । त्यस्तै धनगढी स्टार्स ५ खेलमा एक अंकसहित अन्तिम स्थानमा रहेको छ ।