• २०८१ बैशाख ८ शनिबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेमा पनि सुरु

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युके बाट पनि सुरु भएको छ । 

यो सेवा सुरु भए लगत्तै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजारभन्दा बढी एजेन्टहरुमार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । 

सिटी एक्सप्रेस मनी ट्रान्सफर, युके बाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ् मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको  तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर,युकेको तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङले हस्ताक्षर गरेका थिए । 

सिटी एक्सप्रेस नेपालले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै