पाकिस्तान सुपर लिग खेल्न सन्दीप युएईमा 

खरीबोट

काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न युएई पुगेका छन् । गत फेब्रुअरी १४ बाट सुरु भएको पीएसएलमा सन्दीप लाहोर कलान्दर्सबाट खेल्दै छन् ।  

लाहोरमा दक्षिण अफ्रिकी विष्फोटक ब्याट्सम्यान एबी डेभिलियर्स कप्तान रहेका छन् । यस टिममा सन्दीपसहित मोहमद हाफीज, कार्लोस ब्रेथवेट, कोरी एन्डरसन जस्ता चर्चित खेलाडी सामेल रहेका छन् । 

इस्लामावाद युनाइटेड, कराची किंग्स, पेशावर जाल्मी, क्वेटा ग्लाड़ीयटर्स, लाहोर कलान्दर्स र मुल्तान सुल्तान रहेका छन्। 

अहिलेसम्म भएका खेलमा सन्दीप खेल्ने टीम लाहोरले ३ खेलमा एक जित र २ हारसहित अंक तालिकामा पुछारमा रहेको छ । लाहोरले अब अर्को खेल आगामी शुक्रबार मुल्तान सुल्तान्ससँग खेल्ने छ । सन्दीपले सम्भवत सोहि खेलबाट पिएसएलमा डेभ्यु गर्ने छन् ।

सन्दीपले अस्ट्रेलियन बिग बास लिगमा मेलवर्न स्टार्सबाट खेल्दै उपविजेता हुदै पिएसएल खेल्न युएई पुगेका हुन् । सन्दीपले बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ११ विकेट लिएका थिए ।

सन्दीप गएको बर्ष आइपिएल खेलेपछि ग्लोबल टी-२० लिग क्यानाडा, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टी-१० लिग, बंगलादेश प्रिमियर लिग, बिग बास लिग हुदै पाकिस्तान सुपर लिग खेल्न लागेका छन् । 

पिएसएलपछि सन्दीप संभवत मार्चको अन्तिम सातादेखि सुरु हुने आइपिएल खेल्न भारत आउने छन् । पिएसएलका समुह चरणका खेल मार्च १० मा सकिने छन् भने फाइनल खेल मार्च १७ मा हुने छ ।
    
 

सम्बन्धित समाचार

लाहोर पराजित, प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त !    

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत लाहोर कलान्दर्स इस्लामावाद युनाइटेडसँग ४९ रनले पराजित भएको छ । गएराती भएको खेलमा इस्लामावाद युनाइटेडले दिएको २३९ रनको लक्ष्य पछाएको लाहोरले २० ओभरमा ९

इस्लामावादविरुद्ध सन्दीपको महँगो स्पेल 

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत लाहोर कलान्दर्सले अहिले इस्लामावाद युनाइटेडविरुद्ध खेलिरहेको छ । टस जितेर लाहोरले पहिला बलिङ गरेको खेलमा लाहोरको बलिंग महँगो भएको छ । नेपाली युवा बलर

डिभीलियर्स बिना लाहोर पराजित, सन्दीप विकेट विहिन

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत लाहोर कलान्दर्स पराजित भएको छ । मंगलबार भएको खेलमा लाहोर पेशावर जालमीसँग ४ विकेटले पराजित भएको हो । लाहोरले दिएको १२५ रनको लक्ष्य पछाएको पेशावरले

क्वेटाविरुद्ध सन्दिपको किफायती बलिङ, एक विकेट लिए  

काठमाडौँ । सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलान्दर्सबाट आफ्नो दोस्रो खेलमा एक विकेट लिएका छन् । अहिलेजारी क्वेटा ग्लाडियटर्सविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन दिएर


z