• २०८१ बैशाख ४ मंगलबार

आम जनताले प्रजातन्त्रको अनुभूति गर्न सकेनन् – ज्ञानेन्द्र शाह 

kharibot

काठमाडौँ । प्रजातन्त्र दिवसका अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नसकेको बताएका छन् । 

प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा एक विज्ञप्ति प्रकासित गर्दै पुर्वराजा ज्ञानेन्द्रले आफुले देश दर्शनका क्रममा आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘ आज हामी हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सवैको स्मरण गर्न चाहन्छौ । हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो ।’

उनले सबै अटाउने प्रणाली सबैको आस्थाको केन्द्र राष्ट्र प्रति बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन नसक्ने भन्दै राष्ट्रपति सर्व स्वीकार्य बन्न नसकेको संकेत गरेका छन् । 

उनले जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो भन्दै आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितिष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनु गम्भिर चिन्ताको विषय बनेको बताएका छन् । 

विज्ञप्तिमा उनले राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको बताएका छन् । 

उनले भनेका छन्, ‘शक्ति पृथकीकरणको सिद्धान्त राज्य व्यवस्था च्युत हुन नहुने र दण्डहिनता एवं विधिविहिनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पँहुचमा हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो ।’ 

त्यसै गरी हाम्रो आफ्नो सनातनीक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रकृयाबाट आक्रान्त भएको कहालीलाग्दो दुखद अवस्था देखा परेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै